चैत्र ८, २०८२ आइतबार | ०५:१८:०५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

आयरल्यान्डमाथि भारतको सहज जित

डब्लिन । भारतले आइतबार आयरल्यान्डविरुद्धको ट्वान्टी२० शृंखलाअन्तर्गत पहिलो खेलमा सात विकेटको सहज जित निकालेको छ । 

वर्षाका कारण खेल १२ ओभरमा घटाइएको थियो । आयरल्यान्डले प्रस्तुत गरेको एक सय नौ रनको लक्ष्य  भारतले ९.२ ओभरमा मात्र तीन विकेटको क्षतीमा पूरा गरेको थियो । 

भारतका लागि ओपनर दिपक होडाले अविजित ४७ रन जोडे । होडाले २९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै अर्का ओपनर इशान किसनले २६ रन बनाए । उनले ११ बलमा तीन चौका र २ छक्का प्रहार गरे । होडा र किसानले पहिलो विकेटका लागि ३० रनको साझेदारी गरेका थिए । 

त्यस्तै कप्तान हार्दिक पाण्डेया र होडाले तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गरे । पाण्डेयाले १२ बलमा एक चौका र तीन छक्का प्रहार गरे । 

आयरल्यान्डका क्रायग योङले दुई विकेट लिए । यस जितसँगै भारतले दुई खेलको शृंखलामा १–० को अग्रता लिएको छ । दोस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको आयरल्यान्डले ह्यारी टेक्टोरको अविजित ६४ रन मद्दतमा निर्धारित १२ ओभरमा चार विकेट गुमाउँदै एक सय ८ रनको योगफल खडा गरेको थियो ।

२२-३ को स्थितीमा रहेको आयरल्यान्डको इनिङ टेक्टोर र लोर्कान टकरले चौथो विकेटका लागि ५० रनको साझेदारीसहित उकासेका थिए ।

 टेक्टोरले ३३ बलमा ६ चौका र तीन छक्का प्रहार गर्दा टकरले १६ बलमा दुई छक्का मद्दतमा १८ रन जोडे ।

भारतका भुवनेश्वर कुमार,आभेस खान, पाण्डेया र युजबेन्दर चाहलले समान एक विकेट  लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो