माघ १५, २०८२ बिहीबार | ०९:२८:१९
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

आयरल्यान्डमाथि भारतको सहज जित

डब्लिन । भारतले आइतबार आयरल्यान्डविरुद्धको ट्वान्टी२० शृंखलाअन्तर्गत पहिलो खेलमा सात विकेटको सहज जित निकालेको छ । 

वर्षाका कारण खेल १२ ओभरमा घटाइएको थियो । आयरल्यान्डले प्रस्तुत गरेको एक सय नौ रनको लक्ष्य  भारतले ९.२ ओभरमा मात्र तीन विकेटको क्षतीमा पूरा गरेको थियो । 

भारतका लागि ओपनर दिपक होडाले अविजित ४७ रन जोडे । होडाले २९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै अर्का ओपनर इशान किसनले २६ रन बनाए । उनले ११ बलमा तीन चौका र २ छक्का प्रहार गरे । होडा र किसानले पहिलो विकेटका लागि ३० रनको साझेदारी गरेका थिए । 

त्यस्तै कप्तान हार्दिक पाण्डेया र होडाले तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गरे । पाण्डेयाले १२ बलमा एक चौका र तीन छक्का प्रहार गरे । 

आयरल्यान्डका क्रायग योङले दुई विकेट लिए । यस जितसँगै भारतले दुई खेलको शृंखलामा १–० को अग्रता लिएको छ । दोस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको आयरल्यान्डले ह्यारी टेक्टोरको अविजित ६४ रन मद्दतमा निर्धारित १२ ओभरमा चार विकेट गुमाउँदै एक सय ८ रनको योगफल खडा गरेको थियो ।

२२-३ को स्थितीमा रहेको आयरल्यान्डको इनिङ टेक्टोर र लोर्कान टकरले चौथो विकेटका लागि ५० रनको साझेदारीसहित उकासेका थिए ।

 टेक्टोरले ३३ बलमा ६ चौका र तीन छक्का प्रहार गर्दा टकरले १६ बलमा दुई छक्का मद्दतमा १८ रन जोडे ।

भारतका भुवनेश्वर कुमार,आभेस खान, पाण्डेया र युजबेन्दर चाहलले समान एक विकेट  लिए ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।