दीपेनद्रसिंह ऐरी

जिम्बावे ‘ए’ विरुद्ध दीपेन्द्रको अर्धशतक

काठमाडौं । जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपाली टोलीका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा चौथो नम्बरमा ब्याटिङका लागि आएका दीपेन्द्रले ३७ बलमा चार चौका र दुई छक्कासहित ५० रन पूरा गरे ।

जिम्बावे ‘ए’ दिएको दुई सय १४ रनको लक्ष्य पछ्यारहको नेपालले अहिले २९ ओभरमा चार विकेट गुमाएर दुई सय चार रन बनाएको छ ।

क्रिजमा दीपेन्द्रलाई विकेटकिपर ब्याटर विनोद भण्डारीले साथ दिइरहेका छन् । विनोद १९ बलमा २१ रन बनाएर खेलिरहेका छन् ।