माघ १७, २०८२ शनिबार | २३:१५:३३
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

पिएम कपः एपिएफ सेमिफाइनलमा

काठमाडौं । लुम्बिनी प्रदेशमाथि सात विकेटको जित निकाल्दै एपिएफ क्लब प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । समूह ‘बी’ को शीर्ष स्थानमा रहेकाे एपिएफले अपराजित रहँदै सेमिफाइनलको टिकट काटेको हो ।

शुक्रबार मुलपानी क्रिकेट मैदानमा लुम्बिनीले दिएको एक सय पाँच रनको लक्ष्य एपिएफले ११ ओभरमा मात्र तीन विकेटको क्षतीमा भेट्टायो ।

एपिएफको जितमा आसिफ शेखले सर्वाधिक ४३ रन बनाए । आसिफले २६ बलमा चार चौका र तीन छक्का प्रहार गरे । त्यस्तै प्रदीप ऐरीले ३६ रनमा पभेलियन फर्किदा लोकश बम सात र सन्दीप जोरा नौ रनमा अविजित रहे ।

आसिफ र प्रदीपले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए ।

लुम्बिनीका बसिर अहमेदले दुई र सिद्धान्त साहीले एक विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय चार रनको योगफल तयार गरेको थियो ।

लुम्बिनीका देव खनालले सर्वाधिक ४३ रन बनाएका थिए । देवले ४२ बलमा पाँच चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै सुशान्त थापाले १८ र कप्तान कृष्ण कार्कीले १३ रन बाहेक अन्य ब्याटरले उल्लेख्य योगदान गर्न सकेनन् ।

एपिएफका कमलसिंह ऐरी, किशोर महतो, अविनाश बोहरा र दीपक बोहराले समान दुई विकेट लिएका थिए । त्यस्तै कप्तान सरद भेषावकरको नाममा एक विकेट रह्यो ।

एपिएफले समूह चरणका चार खेलबाट आठ अंक जोड्याे। तीन खेलमध्ये एकमा जित र दुईमा हारको नतिजा आत्मसाथ गरेका लुम्बिनी भने तालिकाको चाैथाे स्थानमा छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।