चैत्र १२, २०८२ बिहीबार | २०:४९:४६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

पिएम कपः एपिएफ सेमिफाइनलमा

काठमाडौं । लुम्बिनी प्रदेशमाथि सात विकेटको जित निकाल्दै एपिएफ क्लब प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । समूह ‘बी’ को शीर्ष स्थानमा रहेकाे एपिएफले अपराजित रहँदै सेमिफाइनलको टिकट काटेको हो ।

शुक्रबार मुलपानी क्रिकेट मैदानमा लुम्बिनीले दिएको एक सय पाँच रनको लक्ष्य एपिएफले ११ ओभरमा मात्र तीन विकेटको क्षतीमा भेट्टायो ।

एपिएफको जितमा आसिफ शेखले सर्वाधिक ४३ रन बनाए । आसिफले २६ बलमा चार चौका र तीन छक्का प्रहार गरे । त्यस्तै प्रदीप ऐरीले ३६ रनमा पभेलियन फर्किदा लोकश बम सात र सन्दीप जोरा नौ रनमा अविजित रहे ।

आसिफ र प्रदीपले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए ।

लुम्बिनीका बसिर अहमेदले दुई र सिद्धान्त साहीले एक विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय चार रनको योगफल तयार गरेको थियो ।

लुम्बिनीका देव खनालले सर्वाधिक ४३ रन बनाएका थिए । देवले ४२ बलमा पाँच चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै सुशान्त थापाले १८ र कप्तान कृष्ण कार्कीले १३ रन बाहेक अन्य ब्याटरले उल्लेख्य योगदान गर्न सकेनन् ।

एपिएफका कमलसिंह ऐरी, किशोर महतो, अविनाश बोहरा र दीपक बोहराले समान दुई विकेट लिएका थिए । त्यस्तै कप्तान सरद भेषावकरको नाममा एक विकेट रह्यो ।

एपिएफले समूह चरणका चार खेलबाट आठ अंक जोड्याे। तीन खेलमध्ये एकमा जित र दुईमा हारको नतिजा आत्मसाथ गरेका लुम्बिनी भने तालिकाको चाैथाे स्थानमा छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो