फाल्गुन १, २०८२ शुक्रबार | १०:०२:१५
अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो

वार्म अप खेलमा नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै

काठमाडौं । ट्वान्टी–२० महिला विश्वकप ग्लोबल छनोटको तयारी गरिरहेको नेपाली महिला टोलीले आज (बुधबार) ‘वार्मअप’ खेलमा आयरल्यान्डसँग खेल्दैछ । खेल बिहान ९ बजे मुलपानी तल्लो मैदानमा सुरु हुनेछ ।

यही जनवरी १८ देखि फेब्रुअरी १ सम्म घरेलु मैदानमा आयोजना हुने प्रतियोगिता अघि नेपालले अमेरिकासँग पनि वार्म अप खेल खेलेको थियो । जहाँ नेपालले अमेरिकालाई चार विकेटले हराएको थियो । यद्यपि अमेरिकाविरुद्धको आधिकारिक वार्म अप खेल थिएन ।

विश्वकप ग्लोबल छनोटमा नेपालसहित १० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । जसबाट शीर्ष चार टोलीले इङ्ल्यान्डमा हुने महिला ट्वान्टी २० विश्वकपमा स्थान बनाउनेछ ।

नेपालसँगै थाइल्यान्ड, स्कटल्यान्ड, नेदरल्यान्ड्स र जिम्बाव्वे समूह ‘बी’ मा छन् । बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका समूह ‘ए’ मा छन् । समूह चरणको खेलपछि शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सको खेलपछि शीर्ष चारमा रहने टोलीले विश्वकप खेल्नेछन् ।

नेपालले १८ जनवरीमा थाइल्यान्डसँग खेल्दै छनोटको सुरुवात गर्नेछ । यसैगरी, नेपालले २२ जनवरीमा नेदरल्यान्ड्स, २४ जनवरीमा जिम्बाब्वे र २६ जनवरीमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । जिम्बाब्वे र स्कटल्यान्ड नेपालका लागि नयाँ प्रतिस्पर्धी हुन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक विश्वकपमा स्थान बनाउने योजनासहित भारतीय प्रशिक्षक हर्षल जयन्त पाठकलाई अनुबन्ध गरेको छ ।

नेपाली टिमः
इन्दु बर्मा (कप्तान) पूजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सोमु विष्ट, राजमती ऐरी र मनीषा उपाध्याय । 

 

याे पनि । 

अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली

https://kheladi.com/cricket/29270
 


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026