कार्तिक १४, २०८२ शुक्रबार | १४:२७:३१
राष्ट्रिय पौडी प्रतियोगिताः राजिवन जिरेललाई दोहोरो स्वर्ण वरिष्ठ उपाध्यक्ष खड्कालाई कार्वाही गर्न एन्फाको भर्चुअल बैठक आज स्पालेट्टी युभेन्टसको नयाँ प्रशिक्षक सासौलोको रोमाञ्चक जित काठमाडौंलाई शिखर इन्स्योरेन्सको साथ भारत आइसीसी महिला एकदिवसीय विश्वकपको फाइनलमा एनएसपिएल: काठमाडौं किंग्सको जर्सी र ‘एन्थम’ सार्वजनिक युगान्डाका अल्पेश रामजानी चितवनमा अनुबन्ध समीक्षा घिमिरेले पनि बंगलादेशको नासरिन स्पोर्टस एकेडेमीबाट खेल्ने नेपाल युएईसँग पराजित राष्ट्रिय पौडी प्रतियोगिताः राजिवन जिरेललाई दोहोरो स्वर्ण वरिष्ठ उपाध्यक्ष खड्कालाई कार्वाही गर्न एन्फाको भर्चुअल बैठक आज स्पालेट्टी युभेन्टसको नयाँ प्रशिक्षक सासौलोको रोमाञ्चक जित काठमाडौंलाई शिखर इन्स्योरेन्सको साथ भारत आइसीसी महिला एकदिवसीय विश्वकपको फाइनलमा एनएसपिएल: काठमाडौं किंग्सको जर्सी र ‘एन्थम’ सार्वजनिक युगान्डाका अल्पेश रामजानी चितवनमा अनुबन्ध समीक्षा घिमिरेले पनि बंगलादेशको नासरिन स्पोर्टस एकेडेमीबाट खेल्ने नेपाल युएईसँग पराजित

काठमाडौंलाई शिखर इन्स्योरेन्सको साथ

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनका लागि काठमान्डौं गोर्खाजले शिखर इन्स्योरेन्सलाई गोल्ड पार्टनरको रूपमा भित्राएको  छ ।

बिहीबार सम्झौतापत्रमा गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी निर्देशक दीपप्रकाश पाण्डेले हस्ताक्षर गरेका थिए । दुवैले आर्थिक पक्ष भने खुलाएका छैनन् ।

 सम्झौता अनुसार काठमाडौंको जर्सीको दुवै पाखुरामा शिखर इन्स्योरेन्सको लोगो हुनेछ ।

गत वर्ष  सम्पन पहिलो सिजनमा पनि शिखर काठमाडौंको सह-प्रायोजक थियो । काठमाडौंले यसअघि नै मुख्य प्रायोजकको रुपमा वर्ल्ड लिंकसँग सम्झौता गरिसकेको छ । साथै टोलीको अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल छ ।

काठमाडौंले मार्की करण केसीसहित भीम सार्की, शाहव आलम रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको छ ।

यसैगरी मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापालाई भित्र्याएको थियो ।

काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा एनपिएलको दोस्रो सिजन खेल्दैछ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यस सिजन पनि काठमाडौंसहित साविक विजेता, जनकपुर बोल्ट्स, साविक उपवजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्नेछन् ।

एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।


भिडियो
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ