कार्तिक १४, २०८२ शुक्रबार | १३:१९:२३
राष्ट्रिय पौडी प्रतियोगिताः राजिवन जिरेललाई दोहोरो स्वर्ण वरिष्ठ उपाध्यक्ष खड्कालाई कार्वाही गर्न एन्फाको भर्चुअल बैठक आज स्पालेट्टी युभेन्टसको नयाँ प्रशिक्षक सासौलोको रोमाञ्चक जित काठमाडौंलाई शिखर इन्स्योरेन्सको साथ भारत आइसीसी महिला एकदिवसीय विश्वकपको फाइनलमा एनएसपिएल: काठमाडौं किंग्सको जर्सी र ‘एन्थम’ सार्वजनिक युगान्डाका अल्पेश रामजानी चितवनमा अनुबन्ध समीक्षा घिमिरेले पनि बंगलादेशको नासरिन स्पोर्टस एकेडेमीबाट खेल्ने नेपाल युएईसँग पराजित राष्ट्रिय पौडी प्रतियोगिताः राजिवन जिरेललाई दोहोरो स्वर्ण वरिष्ठ उपाध्यक्ष खड्कालाई कार्वाही गर्न एन्फाको भर्चुअल बैठक आज स्पालेट्टी युभेन्टसको नयाँ प्रशिक्षक सासौलोको रोमाञ्चक जित काठमाडौंलाई शिखर इन्स्योरेन्सको साथ भारत आइसीसी महिला एकदिवसीय विश्वकपको फाइनलमा एनएसपिएल: काठमाडौं किंग्सको जर्सी र ‘एन्थम’ सार्वजनिक युगान्डाका अल्पेश रामजानी चितवनमा अनुबन्ध समीक्षा घिमिरेले पनि बंगलादेशको नासरिन स्पोर्टस एकेडेमीबाट खेल्ने नेपाल युएईसँग पराजित

भारत आइसीसी महिला एकदिवसीय विश्वकपको फाइनलमा

काठमाडौं । जेमिमाह रोड्रिग्वेजको शतकप्रेरित भारत  साविक विजेता अस्ट्रेलियविरुद्ध पाँच विकेटको जित निकाल्दै आइसीसी महिला एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

भारत तेस्रो पटक फाइनल पुगेको हो । यसअघि टोलीले सन् २००५ र २०१७ को फाइनल खेलेको थियो ।

नवी मुम्बईस्थित डा. डिवाइ पाटिल स्पोर्टस एकेडेमीमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले प्रस्तुत गरेको ३३९ रनको लक्ष्य भारतले ४८.३ ओभरमा  पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

भारतका लागि रोड्रिग्वेजले १३४ बलमा १४ चौकाको मद्दतले अविजित १२७ रनको योदान गरिन् । यसैगरी कप्तान हरमनप्रित कौरले ८८ बलमा १० चौका र दुई छक्कासहित ८९, ऋचा घोषले २६,  स्मृति मन्धना र दिप्ति शर्माले समानले २४, अमनजोत कौरले अविजित १५ र शफाली वर्माले १० रन बनाए ।

अस्ट्रेलियाका लागि किम गार्थ र एनाबेल सदरल्यान्डले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै ३३८ रनको योगफल तयार पारेको थियो ।

अस्ट्रेलियाका लागि फोबी लिचफिल्डले  ९३ बलमा १७ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ११९ रनको योगदान गरिन् । एलिस पेरीले ८८ बलमा ६ चौका र दुई छक्कासहित  ७७ रन बनाइन् ।

यसैगरी एश्लेघ गार्डनर ४५ बलमा समान चार चौका र छक्काको मद्दतले ६३, वेथ मोनीले २४, किम गार्थले १७ र ताहलिया म्याकग्रथले १२ रन जोडे ।

भारतका लागि श्री चरानी र दिप्ति शर्माले समान दुई तथाअमनजोत कौर, क्रान्ति गौड र राधा यादवले समान एक विकेट लिए ।

भारतले उपाधिका लागि दक्षिण अफ्रिकाको सामना गर्नेछ । दक्षिण अफ्रिका इङ्ल्यान्डलाई हराउँदै उपाधि निजक पुगेको हो ।


भिडियो
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ