माघ १९, २०८२ सोमबार | ०५:३९:२०
अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

नेपाल र कुवेतबीच दुईपक्षीय क्रिकेट शृंखला गर्ने सहमती

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र कुवेत क्रिकेट बोर्ड (केसिबी) बीच सन् २०२६ बाट दुवै देशले प्रत्येक वर्ष दुईपक्षीय शृंखला आयोजना गर्ने सैद्धान्तिक सहमती भएको छ ।

क्यानले जनाएअनुसार महिला र पुरुष दुवैका लागि नेपाल र कुवेतले एक–एक वटा शृंखला आयोजना गर्नेछन् । होम एण्ड अवे पद्धतिको शृंखलामा कम्तिमा पनि तीन ट्वान्टी २० अन्तर्राष्ट्रिय र ५० ओभरको खेल समावेश गरिनेछ ।

केसिबीसँगको यो सहकार्यले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय एक्सपोजरले अर्को स्तर हासिल गर्ने क्यानले जनाएको छ ।

‘समग्र एसियामा क्रिकेटको विकास र विस्तार गर्ने अभियानमा यो सहकार्यले महत्वपूर्ण कोसेढुंगाको रुपमा योगदान गर्नेछ । नेपालले गत वर्षको आइसिसी ट्वान्टी २० विश्वकपमार्फत आफ्नो क्षमता विश्वस्तरमा प्रस्तुत गरिसकेको र कुवेत पनि यसै वर्षको अन्त्यमा हुने आइसिसी पुरुष ट्वान्टी २० विश्वकप २०२६को एसिया रिजनल छनोटमा भाग लिने तयारीमा रहेको अवस्थामा यो सहकार्यका लागि सबभन्दा राम्रो समय हो,’ क्यानको विज्ञप्तिमा भनिएको छ ।

कुवेत र नेपालबीचको यो क्रिकेट सहकार्यले उदीयमान खेलाडीलाई आगाडि बढ्ने बाटो दिनुका साथै दुई देशको सांस्कृतिक र क्रिकेटिङ सम्बन्ध थप सुमधुर पार्ने क्यानको विश्वास छ । यसैगरी क्यानले कुवेतमा रहेको ठूलो संख्याको नेपाली समुदायका लागि पनि यो शृंखलाको महत्व विशेष रहने आशा  गरेको छ ।

आइसिसी पुरुष ट्वान्टी २० विश्वकप २०२६को एसिया रिजनल छनोटमा नेपाल र कुवेत एकै समूहमा छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।