काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललाई रिटेन गरेको छ।
उनलाई पुनः मार्की खेलाडीको रूपमा रिटेन गरेको लुम्बिनीले जनाएको छ । रोहितको कप्तानीमा रहेको लुम्बिनीले पहिलो संस्करणमा राम्रो प्रदर्शन गर्न सकेको थिएन । टोली समूह चरणमै सीमित बनेको थियो ।
नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि मिनि अक्सन हुनुअघि टोलीहरूले खेलाडी रिटेन र रिलिज थालेका हुन् ।
यसअघि सुदूरपश्चिम रोयल्सले राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउद तथा चितवन राइनोजले कुशल मल्ल,रिजन ढकाल, दीपक बोहरा, अमरसिंह राउटेला, कमलसिंह ऐरी र गौतम केसीलाई रिटेन गरेका थिए ।
भिडियो
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video
उज्वेकिस्तान प्रस्थान गर्नुअघि के भन्छ्नि साम्बा ll Sabitra Bhandari
MANMAYA DAMAI ।अन्तर्राष्ट्रिय डेब्यू गरिरहँदा गुरुलाई सम्झेँ l DEFENDER, NEPAL NATIONAL WOMENS TEAM
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो ll NEPAL NATIONAL CRICKET TEAM
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB