काठमाडौं । नेपालले एसिसी यु-१६ इस्ट जाेन कपमा लगातार दोस्रो जित दार्ता गरेकाे छ ।
मलेसियाकाे कोजल टुन्कु जाफर ओभलमा नेपालले मंगलबार जापानविरुद्व ९ विकेटकाे सानदार जित निकाल्याे ।
लगातार दोस्रो जितसँगै दुई खेलमा चार अंक जाेडेकाे नेपाल समूह `ए´ काे शीर्ष स्थानमा छ । पराजित जापानकाे समान खेलबाट दुई अंक छ ।
पहिलाे खेलमा नेपालले सिंगापुर तथा जापानले भुटानलाई हराएका थिए ।
जापानले प्रस्तुत गरेकाे ८१ रनकाे लक्ष्य नेपालले १४.२ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्याे । नेपालका लागि शिवान्स बजगाईँले अविजित ३८ र प्रसिद्व जैसीले अविजित ३३ रन बनाए ।
दोस्रो विकेटका लागि शिवान्स र प्रसिद्वले अविजित ८० रनकाे साझेदारी गरेका थिए ।
जापानका लागि एकमात्र विकेट केइसी काबायाशीडाेगेटले लिए ।
त्यसअघि टस जितेर ब्याटिङ राेजेकाे जापानले ३४.३ ओभरमा ८० रनकाे याेगफल तयार पारेकाे थियाे ।
जापानका लागि कप्तान चार्ली हाराहिन्जेले ३६ र गाबी हाराहिन्जेले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।
नेपालका लागि सुभम खनालले १० ओभरमा १५ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी अभय यादवले दुई तथा सुशीलबहादुर रावल र कप्तान विपिनप्रसाद शर्माले समान एक विकेट लिए ।
अब नेपालले तेस्रो खेलमा आइतबार इन्डोनेसियाको सामना गर्नेछ ।