काठमाडौंं । ब्याटर किरण ठगुन्नाले र अलराउन्डर रुपेश सिंहले नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि डेब्यू गरेका छन् ।
नेपालले अहिले स्टकल्यान्डमा जारी त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ । उक्त खेलमार्फत किरण र रुपेशले पहिलो पटक नेपालको प्रतिनिधित्व गर्ने माैका पाएका हुन् ।
सुदूरपश्चिम प्रदेशबाट घरेलु प्रतियोगिता खेल्दै आएका किरणले नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले करण केसीको हातबाट नेपालका लागि ५० औं ट्वान्टी २० क्याप प्राप्त गरे ।

रुपेशले मधेश प्रदेशको प्रतिनिधित्व गर्दै प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । बलिङ अलराउन्डर उनले चोटका कारण एनपिएल बीचमै छाड्नु परेको थियो । रुपेश च्याम्पियन जनकपुर बोल्ट्समा आबद्ध थिए ।
रुपेशलाई पनि करणले नै ५१औं क्याप प्रदान गरेका थिए ।