श्रावण २, २०८२ शुक्रबार | ०४:१२:०१
श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया

दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी

काठमााडौं । दक्षिण अफ्रिकाले घरेलु टोली वेस्ट इन्डिजविरुद्धको महिला अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको दोस्रो खेलमा ४० रनको जित निकालेको छ ।

दक्षिण अफ्रिकाकाे जितसँगै तीन खेलको शृंखला १-१ को बराबरीमा आएको छ । पहिलो खेलमा वेस्ट इन्डिज चार विकेटले विजयी भएको थियो ।

थ्री डब्ल्युएस ओभलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३१० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ५० ओभरमा २६९ रनमा समेटियो ।

वेस्ट इन्डिजका लागि कप्तान हेली म्याथ्युजले ५८ बलमा ९ चौकाको मद्दतले सर्वाधिक ५६ रनको योगदान गरिन् । यसैगरी शेमेन क्याम्पबेलले ५८ बलमा चार चौका र एक छक्कासहित ५३, चिनेल हेनरीले ३९, एफी फ्लेचरले १९, जैदा जेम्सले १८, कियान जोसेफ, स्टेफनी टेलर र जानिलिया ग्लासगोले समान १७ रन तथा रियालियाना ग्रिमन्डले १५ रन बनाए ।

पाँचौं विकेटका लागि क्याम्पबेल र हेनरीले  ५८ रनको साझेदारी गरे ।

दक्षिण अफ्रिकाका लागि नोन्कुलुलेको एमलाबाले चार, म्यारिजेन कापले दुई तथा आयन्डा ह्लुबी, नादिनी डी क्लार्क, क्लो ट्रियोन र नोन्डुमिसो शाङ्गासेले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३०९ रनको योगफल तयार पारेको थियो ।

दक्षिण अफ्रिकाका लागि सुने लुसले ६५ बलमा आठ चौकाको मद्दतले सर्वाधिक ७६ रनको योगदान गरिन् । यसैगरी नोन्डुमिसो शाङ्गासेले ४८ बलमा चार चौका र दुई छक्कासहित ५५, एन्नेरी डेरकसेनले ३७, म्यारिजेन केपले ३२, क्लो ट्रियोन र कप्तान लोरा उल्भर्ड्टले समान २८ , तान्जिम ब्रिर्टजले २६ र नदिनी डी क्लार्कले ११ रन बनाए ।

दोस्रो विकेटका लागि लुस र शाङ्गासेले ८५, सातौं विकेटका लागि डेरकसेन र ट्रियोनले ५७ तथा पहिलो विकेटका लागि केप र ब्रिर्टजले ५१ रनको साझेदारी गरेका थिए ।

वेस्ट इन्डिजका लागि एफी फ्लेचरले चार, हेली म्याथ्युजले दुई तथा करिश्मा रामहारक र आलिया एलेइनले समान एक विकेट लिए ।

शृंखलाको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।


भिडियो
SABITRA BHANDARI (SAMBA) को उडान AUSTRALIAN LEAGUE तिर II Wellington Phoenix FC सँग सम्झौता II
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach