श्रावण २, २०८२ शुक्रबार | ०३:०३:२९
श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया

उपाधिका लागि बागमती र मधेश भिड्ने

काठमाडौं । यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि बागमती प्रदेश र मधेश प्रदेश  प्रतिस्पर्धा गर्ने भएका छन् ।

बागमती ६ खेलमा १० अंकका साथ शीर्ष र मधेश समान खेलबाट आठ अंक जोडेर दोस्रो स्थानमा रहँदै उपाधि नजिक पुगेका हुन् ।

कालिञ्चोक क्रिकेट मैदानमा बिहीबार बागमतीले लिग चरणको आफ्नो अन्तिम खेलमा लुम्बिनी प्रदेशविरद्ध सात विकेटको सहज जित दर्ता गर्यो ।

यो हारसँगै लुम्बिनीको यात्रा लिग चरणमै सीमित बन्यो । लुम्बिनीले प्रस्तुत गरेको ११४ रनको लक्ष्य बागमतीले २५.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

बागमतीका लागि सूर्यान्शु कोइरालाले ५७ बलमा साता चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरे । यसैगरी जोय थापाले अविजित २८ र कप्तान प्रसिद्ध जैसीले ११ रन बनाए ।  

लुम्बिनीका लागि सुभम खनालले दुई तथा लक्ष्मण कुमालले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले २१.५ ओभरमा  सबै विकेट गुमाउँदै ११३ रनको योगफल तयार पारेको थियो ।

लुम्बिनीका लागि कप्तान समीर अली मुसलमानले ५८ बलमा १० चौकाको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी रोजन खनालले १२ र दिव्यान्श वर्माले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बागमतीका लागि सुशील साउदले ७.५ ओभरमा ३५ रन खर्चिएर सर्वाधिक सात विकेट लिए । यसैगरी राजेश बोहरा र सूर्यान्शु कोइरालाले समान एक विकेट हात पारे ।

बिहीबारै सम्पन्न खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशविरुद्ध १५८ रनको फराकिलो जित दर्ता गर्यो ।
 


भिडियो
SABITRA BHANDARI (SAMBA) को उडान AUSTRALIAN LEAGUE तिर II Wellington Phoenix FC सँग सम्झौता II
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach