जेष्ठ २२, २०८२ बुधबार | ०२:४७:५९
टाइम्स र रोयल विजयी अल फोर बलको युथ एम्बेसडर फेलोशिप कार्यक्रम सम्पन्न बेङ्लुरुले दियो पञ्जावलाई १९१ रनको लक्ष्य गणेश पार्की तेलगु टाइटन्समा अनुबन्ध चेयरम्यान कप चेस बुधबारदेखि बेङ्लुरुविरुद्ध फिल्डिङ गर्दै पञ्जाव ब्रुनो फर्नान्डेजले गरे अल हिलालको प्रस्ताव अस्विकार कीर्तिमानी धावक वैकुण्ठ मानन्धर सम्मानित लुम्बिनीको सानदार जित, रौनक श्रीवास्तवको दोहोरो शतक कर्मचारी खेलकुद प्रतियोगिता बुधबारबाट हुने टाइम्स र रोयल विजयी अल फोर बलको युथ एम्बेसडर फेलोशिप कार्यक्रम सम्पन्न बेङ्लुरुले दियो पञ्जावलाई १९१ रनको लक्ष्य गणेश पार्की तेलगु टाइटन्समा अनुबन्ध चेयरम्यान कप चेस बुधबारदेखि बेङ्लुरुविरुद्ध फिल्डिङ गर्दै पञ्जाव ब्रुनो फर्नान्डेजले गरे अल हिलालको प्रस्ताव अस्विकार कीर्तिमानी धावक वैकुण्ठ मानन्धर सम्मानित लुम्बिनीको सानदार जित, रौनक श्रीवास्तवको दोहोरो शतक कर्मचारी खेलकुद प्रतियोगिता बुधबारबाट हुने

इङ्ल्यान्डलाई एकदिवसीय शृंखला

काठमाडौं । घरेलु टोली इङ्ल्यान्डले वेस्ट इन्डिजविरुद्धकाे एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला एक खेल आगावै आफ्नो पक्षमा पारेको छ ।

कार्डिफको सोफिया गार्डेन्समा आइतबार सम्पन्न दोस्रो खेलमा इङ्ल्यान्ड तीन विकेटले विजयी भयो ।

जितसँगै इङ्ल्यान्डले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ । पहिलो खेलमा इङ्ल्यान्ड २३८ रनले विजयी भएको थियो ।

वेस्ट इन्डिजले प्रस्तुत गरेको ३०९ रनको लक्ष्य इङ्ल्यान्डले ४८.५ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो ।

इङ्ल्यान्डका लागि जो रुटले १३९ बलमा २१ चौका र दुई छक्काको मद्दतले अविजित १६६ रनको योगदान गरे । यसैगरी विल ज्याक्सले ४९, कप्तान ह्यारी ब्रुकले ४७, ज्याकोब बेथेलले १७ र आदिल रशिदले अविजित १० रन बनाए ।

रुटले छैटौं विकेटका लागि ज्याक्ससँग १४३ र तेस्रो विकेटका लागि ब्रुकसँग ८५ रनको साझेदारी गरे ।

वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले चार तथा जेडेन सेल्स, म्याथ्यु फोर्ड र रोस्टन चेजले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै ३०३ रनको योगफल तयार पारेको थियो ।

वेस्ट इन्डिजका लागि केसी कार्टीले १०५ बलमा १३ चौकाको मद्दतले सर्वाधिक १०३ रनको योगदान गरे । यसैगरी कप्तान साई होपले ६६ बलमा समान चार चौका र छक्कासहित ७८, ब्रेन्डन किंगले ६७ बलमा १० चौकाको मद्दतले ५९, जस्टिन ग्रेभ्सले २२, गुडाकेश मोतीले १८ र अल्जारी जोसेफले १० रन बनाए ।

कार्टीले दोस्रो विकेटका लागि किंगसम्ग १४१ तथा तेस्रो विकेटका लागि होपसँग ५८ रनको साझेदारी गरेका थिए ।

इङ्ल्यान्डका लागि आदिल राशिदले चार, साकिब महम्मदले तीन तथा ब्राइडन कार्से, ज्याकोब बेथेल र विल ज्याक्सले समान एक विकेट लिए ।

शृंखलाको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION