चैत्र १३, २०८२ शुक्रबार | ०७:१८:३९
पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा

भारतीय टोलीसँग कोशी पराजित

विराटनगर। भारतको आसाम क्रिकेट क्लबले मनमोहन स्मृति राष्ट्रिय एकदिवसीय प्रतियोगितामा बुधबार कोशी प्रदेशलाई ९७ रनले पराजित गरेको छ।

विजयी सुरुआत गरेको आसामले समूह ‘बी’ मा दुई अंक जोडेको छ । पहिलो पराजय बेहोरेको कोशीको दुई खेलबाट दुई अंक नै छ ।

पहिलो खेलमा कोशीले विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध ३७ रनको जित निकालेको थियो ।

विराटनगरकाे बैजनाथपुर क्रिकेट मैदानमा आसामले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याएको कोशी ३७.२ ओभरमा ११२ रनमै समेटियो ।

कोशीका लागि आइस भट्टराई र विपिन महतोले समान १५ तथा चिराग शाहले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

आसामका लागि तापनकुमार शर्मा र कप्तानगोकुल शर्माले समान तीन, राज विश्वले दुई तथा चिरन्तन खत्तिनियर र अमित सिन्हाले समान एक विकेट लिए।  
त्यसअघि टस जितेर ब्याटिङ रोजेको आसामले ४७.३ ओभरमा सबै विकेट गुमाउँदै २०९ रनको योगफल तयार पारेको थियो ।

आसामका लागि गोकुल शर्माले ९९ बलमा सात चौका र दुई छक्काको मदद्तले सर्वाधिम ७८ रनको योगदान गरे । यसैगरी अरुण सोनारले ७६ बलमा समान तीन चौका र छक्कासहित ५१, राज विश्वले २४, केभिन सञ्जिवले १५ तथा अमित सिन्हाले १२ रन बनाए ।

चौथो विकेटको लागि गोकुल र अरुणले १०६ रनको साझेदारी गरेका थिए । कोशीका लागि पे्रम कामतले चार, विपिनकुमार महतो र भुपाल लुर्इँटेलले समान दुई तथा फिर्दोश अन्सारी र प्रकाश कार्कीले समान एक विकेट लिए।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो