माघ १८, २०८२ आइतबार | १२:१५:००
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

अब स्लो ओभर रेटका कारण कप्तानमाथि प्रतिबन्ध नलाग्ने

फाइल तस्विर ।

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइ) ले इन्डियन प्रिमियर लिग (आइपिएल) को  काेही नियम परिवर्तन गरेको छ ।

नयाँ नियम अनुसार बलरले थुकको प्रयोग गर्न पाउनुका साथै दोस्रो इनिङमा दुई नयाँ बलको प्रयोग गरिने छ । यस्तै अबदेखि स्लो ओभर रेटका कारण कप्तानमाथि खेल प्रतिबन्ध लाग्ने छैन ।

अब कप्तानलाई प्रतिबन्धको सट्टा डिमेरिट पोइन्ट दिइने क्रिकबजले जनाएको छ । यदि गम्भीर उल्लंघन भयो भने मात्रै प्रतिबन्ध लाग्न सक्छ । 

मुम्बईमा बिहीबार भएको बैठकमा बोर्डले सबै १० फ्रेन्चाइजका कप्तान र टिम म्यानेजरलाई नयाँ नियमबारे जानकारी गराएको छ ।

अब यदि कुनै टिमले स्लो ओभर रेट राखेमा कप्तानले २५.७५ प्रतिशत म्याच शुल्क जरिवाना तिर्नुपर्नेछ र केही डिमेरिट पोइन्ट थपिनेछ। लेभल १ उल्लंघनमा कप्तानलाई जरिवाना र डिमेरिट पोइन्ट दिइनेछ । यस्तै लेभल २ उल्लंघन गम्भीर भएमा चार डिमेरिट पोइन्ट थपिनेछ ।

यदि कुनै कप्तानले चार डिमेरिट पोइन्ट पुर्याएमा १०० प्रतिशत जरिवाना वा थप सजाय दिन सकिनेछ, तर ओभर रेटको कारण तुरुन्त प्रतिबन्ध भने लाग्ने छैन ।

गत संस्करण दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तमाथि स्लो ओभर रेटकै कारण एक खेलको प्रतिबन्ध लागेको थियो । यसैगरी मुम्बइ इन्डियन्सका कप्तान हार्दिक पाण्डेया अन्तिम खेलमा बेहोरेको प्रतिबन्धका कारण यस सिजनको पहिलो खेल गुमाउँदै छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।