चैत्र १८, २०८२ बुधबार | १५:२८:२९
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

अब स्लो ओभर रेटका कारण कप्तानमाथि प्रतिबन्ध नलाग्ने

फाइल तस्विर ।

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइ) ले इन्डियन प्रिमियर लिग (आइपिएल) को  काेही नियम परिवर्तन गरेको छ ।

नयाँ नियम अनुसार बलरले थुकको प्रयोग गर्न पाउनुका साथै दोस्रो इनिङमा दुई नयाँ बलको प्रयोग गरिने छ । यस्तै अबदेखि स्लो ओभर रेटका कारण कप्तानमाथि खेल प्रतिबन्ध लाग्ने छैन ।

अब कप्तानलाई प्रतिबन्धको सट्टा डिमेरिट पोइन्ट दिइने क्रिकबजले जनाएको छ । यदि गम्भीर उल्लंघन भयो भने मात्रै प्रतिबन्ध लाग्न सक्छ । 

मुम्बईमा बिहीबार भएको बैठकमा बोर्डले सबै १० फ्रेन्चाइजका कप्तान र टिम म्यानेजरलाई नयाँ नियमबारे जानकारी गराएको छ ।

अब यदि कुनै टिमले स्लो ओभर रेट राखेमा कप्तानले २५.७५ प्रतिशत म्याच शुल्क जरिवाना तिर्नुपर्नेछ र केही डिमेरिट पोइन्ट थपिनेछ। लेभल १ उल्लंघनमा कप्तानलाई जरिवाना र डिमेरिट पोइन्ट दिइनेछ । यस्तै लेभल २ उल्लंघन गम्भीर भएमा चार डिमेरिट पोइन्ट थपिनेछ ।

यदि कुनै कप्तानले चार डिमेरिट पोइन्ट पुर्याएमा १०० प्रतिशत जरिवाना वा थप सजाय दिन सकिनेछ, तर ओभर रेटको कारण तुरुन्त प्रतिबन्ध भने लाग्ने छैन ।

गत संस्करण दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तमाथि स्लो ओभर रेटकै कारण एक खेलको प्रतिबन्ध लागेको थियो । यसैगरी मुम्बइ इन्डियन्सका कप्तान हार्दिक पाण्डेया अन्तिम खेलमा बेहोरेको प्रतिबन्धका कारण यस सिजनको पहिलो खेल गुमाउँदै छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो