चैत्र १८, २०८२ बुधबार | १३:५१:४३
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध

कर्णालीको रोमाञ्चक जित

काठमाडौं । कर्णाली प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ ।

बिहीबार सिद्धार्थनगर क्रिकेट मैदानमा कर्णालीले लुम्बिनी प्रदेशविरुद्ध पाँच रनको रोमाञ्चक जित निकाल्यो । जितसँगै ६ खेलमा ६ अंक जोडेको कर्णाली पाँचौं स्थानमा उक्लिएको छ । पराजित लुम्बिनी सात खेलबाट आठ अंकका साथ तेस्रो स्थानमा छ ।

कर्णालीले प्रस्तुत गरेको २०६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४९.४ ओभरमा २०० रनमा समेटियो ।

लुम्बिनीका लागि प्रज्वल थापाले १०७ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ८४ रनको योगदान गरे । यसैगरी कप्तान देव खनालले ४०, आकाश त्रिपाठीले २१ र मनीष थापाले १६ रन बनाए ।

चौथो विकेटका लागि प्रज्वल र देवले ९४ रनको साझेदारी गरे । कर्णालीका लागि दीपेन्द्र रावत र दिनेश अधिकारीले समान तीन, प्रकाश जैसीले दुई तथा सुनिल धमला र कप्तान दिवान पुनले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २०५ रनको योगफल तयार पारेको थियो । 

कर्णालीका लागि दीपेन्द्र रावतले ८४ बलमा ९ चौकाको मद्दतले सर्वाधिक ६६ रनको योगदान गरे । यसैगरी अर्जुन घर्तीले ८४ बलमा तीन चौका र दुई छक्काको मद्दतले ५६, सुनिल धमलाले १९, दिनेश अधिकारीले १६, निश्चिल रावल र विपिन रावलले १० रन बनाए ।

सातौं विकेटका लागि दीपेन्द्र र अर्जुनले १०२ रनको साझेदारी गरे । लुम्बिनीका लागि रमेश कुर्मीले तीन तथा निर्मल गुरुङ, अजय चौहान र विप्रसन केसीले समान दुई तथा देव खनालले एक विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो