काठमाडौं । त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपाली ब्याटर पुजा महतोले अर्धशतक प्रहार गरेकी छन् ।
र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरिरहेको नेपालका लागि चौथो नम्बरमा आएकी पूजाले ४३ बलमा चार चौकासहित ५० रन पूरा गरेकी हुन् । शृंखलामा नेपाली खेलाडीको यो पहिलो अर्धशतक हो ।
अन्तर्राष्ट्रिय ट्वान्टी २० मा पूजाको यो दोस्रो अर्धशतक हो । यसअघि पूजाले गत वर्ष भएको एसिसी प्रिमियर कपमा माल्दिभ्सविरुद्ध अविजित ५९ रनको पारी खेलेका थिए ।
पूजाको अर्धशतकसँगै नेपालले १७ ओभरको समाप्तिमा १११ रन जोडेको छ ।
भिडियो
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE