चैत्र ९, २०८२ सोमबार | ०७:०८:३०
साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध

नेपाल ओलम्पिक कमिटीको निवार्चनले पाएन आइओसी र ओसिएबाट मान्यता

काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनलाई तत्काल मान्यता नदिने भएका छन् ।

नेपाल ओलम्पिक कमिटीले आइओसीकै रोहबरमा विधान संशोधन गर्दै अनलाइनमार्फत निर्वाचन गरेको दाबी गरे पनि विशेष साधारण सभा र गत महिना सम्पन्न भएको निर्वाचनकै विषयमा कानुनी प्रश्न उठेकाले त्यसको अन्तिम टुङ्गो नलागेसम्म आइओसी र ओसिएले नयाँ कार्यसमितिलाई मान्यता दिइनसकेको प्रष्ट पारे ।

 जीवनराम श्रेष्ठ गत पुस १३ गते अनलाइनमार्फत निर्वाचन गरी तेस्रो कार्यकालका लागि अध्यक्ष बनेका थिए ।

आइओसीको राष्ट्रिय ओलम्पिक समिति सम्बन्ध विभागका जेम्स म्याक्लेयड र ओसिएका प्रबन्ध निर्देशक हुसेन अल मुसलमले मंगलबार एनओसीलाई संयुक्त रुपमा पत्र लेख्दै नेपाल ओलम्पिक कमिटीको पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको जनाउँदै विवादका विषय चाँडै समाधान गर्न पनि आग्रह गरेको छन् ।

‘एनओसीसँग सम्बन्धित सबै पक्षहरु रचनात्मक र पारस्परिक रुपमा स्वीकार्य समाधान निकाल्ने गरी काम गर्न आग्रह गछौं । यो दुर्भाग्यपुर्ण स्थितिको शीघ्र र सौहार्दपूर्ण तरिकाले समाधान होस्’ पत्रमा भनिएको छ ।

निर्वाचनको मुखमा विधान संशोधन गर्ने कार्य राम्रो नहुने भन्दै आइओसीले कमिटीलाई सुझाव दिएको थियो । तर जीवनराम श्रेष्ठले आफू अनुकल विधान संशोधन गरेर निर्वाचन प्रकृया अघि बढाएपछि नयाँ विवाद सुरु भएको थियो ।

त्यसबेला नेपाल सरकार र सर्वोच्च अदालतले पनि यो निर्वाचन नगर्न भनेको थिए । तर श्रेष्ठले यो निर्वाचन ओसिएकै रोहबरमा भएको दाबी गर्दै आएका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो