पुस ४, २०८१ बिहीबार | ११:५१:४७
पिएसजीको अपराजित यात्रा जारी रियाललाई इन्टरकन्टिनेन्टल कपको उपाधि आर्सनलको रोमाञ्चक जितमा जिससको ह्याट्रिक रोमाञ्चक जित निकाल्दै लिभरपुल सेमिफाइनलमा श्रीलंकाको सामना गर्दै नेपाल कर्णाली र जनकपुर फाइनल प्रवेशका लागि भिड्दै पेका कपः गेटवे सेमिफाइनलमा पुग्ने पहिलो टोली उपत्यकाव्यापी छात्र भलिबलको प्रिक्वार्टरफाइनल समीकण पूरा सहज जित निकाल्दै चर्च ब्वाइज सेमिफाइनलमा आर्मीले जावलाखेललाई हरायो पिएसजीको अपराजित यात्रा जारी रियाललाई इन्टरकन्टिनेन्टल कपको उपाधि आर्सनलको रोमाञ्चक जितमा जिससको ह्याट्रिक रोमाञ्चक जित निकाल्दै लिभरपुल सेमिफाइनलमा श्रीलंकाको सामना गर्दै नेपाल कर्णाली र जनकपुर फाइनल प्रवेशका लागि भिड्दै पेका कपः गेटवे सेमिफाइनलमा पुग्ने पहिलो टोली उपत्यकाव्यापी छात्र भलिबलको प्रिक्वार्टरफाइनल समीकण पूरा सहज जित निकाल्दै चर्च ब्वाइज सेमिफाइनलमा आर्मीले जावलाखेललाई हरायो

फाइनल पुग्न जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य

तस्विर सौजन्यः सरोज सापकोटा/खेलाडी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो इलिमिनेटरमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्ससामू १४० रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङ रोजेको जनकपुरले २० ओभरको समाप्तिमा ९ विकेट गुमाएर १३९ रनको योगफल तयार पार्यो ।

जनकपुरका लागि जिमी निसमले २३ बलमा समान तीन चौका र छक्कासहित ४५ रनको पारी खेले । त्यस्तै शुभ कंसकारले २४ बलमा चार चौकासहित २६ रन बनाए । यसैगरी लाहिरु मिलन्था र हर्ष थाकरले समान १२ रन जोड्दा आसिफ सेख र अरनिको यादवले समान ११ रनको योगदान गरे । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरिले चार ओभरमा २९ रन जोड्दै सर्वाधिक तीन विकेट लिए । त्यस्तै सेफ जैबले दुई विकेट लिँदा स्कट कुगुलेइन र अविनाश बोहराको नाममा समान एक विकेट रह्यो ।

जनकपुरले तेस्रो ओभरको पाँचौं बलमा ओपनर मिलन्थालाई गुमायो । मिलन्था कप्तान दीपेन्द्रसिंह ऐरिको बलमा एलबिडब्ल्युको शिकार बने । मिलन्थाले पहिलो विकेटको लागि आफ्ना ओपनिङ पार्टनर आसिफ शेखसँग १९ रनको साझेदारी गरे । कप्तान आसिफले यो साझेदारीमा सात रनको योगदान गरे । थप तीन रन बनाउँदै आसिफ पनि पेभिलियन फर्किए । आसिफलाई छैटौं ओभरको पाँचौं बलमा सेफ जैबले बोल्ड गरे ।

जनकपुरले तेस्रो विकेटको रुपमा शुभ कंसकारलाई गुमायो । दीपेन्द्रको उत्कृष्ट फिल्डिङप्रेरित जनकपुरले क्रिजमा जमिसकेका तेस्रो नम्बरका ब्याटर कंसकारको विकेट लिन सफल भएको हो । नवौं ओभरको अन्तिम बलमा कंसकार नाटकीय रुपमा रन आउटको शिकार बने । कंसकार एक रनका लागि दौडिएका थिए । तर, उनका स्ट्राइक पार्टनर हर्ष (थाकर)ले जोखिमका कारण रन लिन नमान्दा सुदूरपश्चिमले ब्रेक थ्रु पायो । थाकर र कंंसकारले २२ रनको साझेदारी गरे ।

तस्विर सौजन्यः सरोज सापकोटा/खेलाडी

त्यसपछि थाकरले अरनिकोसँग मिलेर चौथो विकेटको लागि १६ रनको साझेदारी गरे । १३औं ओभरको दोस्रो बलमा जनकपुरले थाकरलाई गुमायो । जतिबेला स्कोरबोर्डमा जनकपुरले ७५ रन जोडेको थियो । थाकरपछि क्रिजमा आए लयमा रहेका ब्याटर निसम । १६औं ओभरको अन्तिम बलमा अरनिको दीपेन्द्रसिंहको बलमा एलबिडब्ल्युको शिकार बने ।

दीपेन्द्रसिंहले १८औं ओभरमा व्यक्तिगत तेस्रो विकेट लिए । सुरुआती दुई बलमा निसमबाट दुई छक्काको सामना गरेका दीपेन्द्रसिंहले अन्तिम बलमा सातौं नम्बरका ब्याटर मोहम्मद मोसिनलाई बोल्ड गरे । मोसिन र निसमले छैटौं विकेटको लागि २७ रनको साझेदारी गरे । यो नै खेलको उच्च साझेदारी रह्यो । यो साझेदारीमा मोसिनले मात्र तीन रनको योगदान गरे । यसबीच जनकपुरले १६.२ ओभरमा एक सय रन पूरा गर्यो । मोसिन पेभिलियन फर्कँदा जनकपुरले १२४ रन जोडेको थियो ।

स्कोरबार्डमा ६ रन जोडिन नपाउँदै जनकपुरले निसमलाई गुमायो । सुदूरपश्चिमका लागि कुगुलेइनले महत्वपूर्ण विकेट लिए । निसम कुगुलेइनबाट बोल्ड भए । निसम लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गर्ने सोचमा थिए । पछिल्लो खेलमा निसमले चितवनविरुद्ध ६५ रनको पारी खेलेका थिए । सुदूरपश्चिमले अन्तिम ओभरमा तीन रनमा रहेका शेर मल्ललाई पेभिलियनको बाटो देखायो । शेर अविनाशको बलमा ब्रेन्डन म्याकमुलनबाट क्याच भए । पारीको अन्तिम बलमा ११औं नम्बरका ब्याटर किशोर महत्व बोहराबाट रनआउट भए ।


भिडियो
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh
Sumi Paudel अब NPL मा Karnali Yaks को फ्यान
NPL FAN VOICE ।। Janakpur Bolts Vs Sudur Paschim Royals ।। Qualifier 1
NPL बाट बाहिरिएपछि Sharad Vesawkar भन्छन्ः प्रतियोगिता निकै रमाइलो भयो
चितवनलाई हराएपछि Karnali Yaks का कप्तान Sompal Kami भन्छन्ः उपाधि जित्ने लक्ष्यमा अगाडि बढेका छौं
NPL Eliminator मा कर्णाली याक्ससँग हारेपछि चितवनका प्रशिक्षक Umesh patwal