चैत्र ८, २०८२ आइतबार | ०५:१८:०६
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

देव र बोसिस्टोको अर्धशतकमा कर्णालीले दियो विराटनगरलाई १३४ रनको लक्ष्य

ब्याटिङमा देव खनाल, तस्विरः सरोज सापकोटा/खेलाडी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्सले विराटनगर किङ्सविरुद्ध १३४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

शनिबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले देव खनाल र ब्याटर विलियम बोसिस्टोको अर्धशतकप्रेरित २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १३३ रनको योगफल तयार पार्यो ।

ओपनर देवले ४८ बलमा चार चौका र दुई छक्कासहित ५३ रनको बनाउँदा चौथो नम्बरका ब्याटर बोसिस्टोले ४९ बलमा पाँच चौका र तीन छक्कासहित ६६ रनको पारी खेले । कर्णालीका लागि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विराटनगरका लागि प्रतीश जिसीले चार विकेट लिँदा वसीर अहमद र क्रिस सोलले समान दुई विकेट हासिल गरे । एक विकेट आकिब इलियासको नाममा रह्यो ।

दोस्रो ओभरमा शिखर धवनको विकेट लिएपछि सेलेब्रेसन गर्दै प्रतीश जिसी, तस्विर सौजन्यः एनपिएल ।

कर्णालीले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर) मा दु्ई विकेट गुमाएर ३२ रन बनाएको थियो ।

पहिलो ओभरको दोस्रो तेस्रो बलमै शिखर धवन पेभेलियन फर्किए । मात्र दुई रन जोड्न सकेका उनलाई प्रतिश जिसीले बोल्ड गरे ।

तेस्रो ओभरको दोस्रो बलमा चाडविक बाल्टन व्यक्तिगत एक रनमा क्रिस सोलले विकेटकिपर लोकेश बमबाट क्याच गराए ।

१६औं ओभरको तेस्रो बलमा वसीर अहमदले देवको विकेट लिँदै विराटनगरलाई ब्रेक थ्रु दिलाए । वसीरले आफ्नो अन्तिम ओभरमा देवलाई क्रिस सोलबाट क्याच गराए । देव र बोसिस्टोले तेस्रो विकेटका लागि १०२ रनको शतकीय साझेदारी गरे । देवको विकेट लगत्तै अर्को बलमै अहमदले गुल्सनलाई डक आउट गरे । त्यसको अर्को ओभरमा अर्जुन घर्ती अकिब इलियासबाट बोल्ड भए ।

ब्याटिङमा देव खनाल, तस्विरः सरोज सापकोटा/खेलाडी

१९औं ओभरको अन्तिम बलमा बोसिस्टो सोलको बलमा विकेटकिपर लोकेश बमबाट क्याच भए । अन्तिम ओभरमा विराटनगरले थप चार विकेट लियो । प्रतीशको बलमा जीसन मक्सुद अहमदबाट क्याच भए । चौथो बलमा नन्दन यादव एलबिडब्ल्युको शिकार बन्दा पाँचौं बलमा युनिश ठकुरी लोकेशबाट रन आउट भए । अन्तिम बलमा विपीन शर्मा सोलबाट क्याच भएपछि विराटनगरले खेलमा १० विकेट लिन सफल भयो ।

चौथो खेल खेलिरहेका दुबै टोली लगातार दोस्रो जितको लक्ष्यमा छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो