माघ १८, २०८२ आइतबार | २०:५७:१९
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

देव र बोसिस्टोको अर्धशतकमा कर्णालीले दियो विराटनगरलाई १३४ रनको लक्ष्य

ब्याटिङमा देव खनाल, तस्विरः सरोज सापकोटा/खेलाडी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्सले विराटनगर किङ्सविरुद्ध १३४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

शनिबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले देव खनाल र ब्याटर विलियम बोसिस्टोको अर्धशतकप्रेरित २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १३३ रनको योगफल तयार पार्यो ।

ओपनर देवले ४८ बलमा चार चौका र दुई छक्कासहित ५३ रनको बनाउँदा चौथो नम्बरका ब्याटर बोसिस्टोले ४९ बलमा पाँच चौका र तीन छक्कासहित ६६ रनको पारी खेले । कर्णालीका लागि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विराटनगरका लागि प्रतीश जिसीले चार विकेट लिँदा वसीर अहमद र क्रिस सोलले समान दुई विकेट हासिल गरे । एक विकेट आकिब इलियासको नाममा रह्यो ।

दोस्रो ओभरमा शिखर धवनको विकेट लिएपछि सेलेब्रेसन गर्दै प्रतीश जिसी, तस्विर सौजन्यः एनपिएल ।

कर्णालीले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर) मा दु्ई विकेट गुमाएर ३२ रन बनाएको थियो ।

पहिलो ओभरको दोस्रो तेस्रो बलमै शिखर धवन पेभेलियन फर्किए । मात्र दुई रन जोड्न सकेका उनलाई प्रतिश जिसीले बोल्ड गरे ।

तेस्रो ओभरको दोस्रो बलमा चाडविक बाल्टन व्यक्तिगत एक रनमा क्रिस सोलले विकेटकिपर लोकेश बमबाट क्याच गराए ।

१६औं ओभरको तेस्रो बलमा वसीर अहमदले देवको विकेट लिँदै विराटनगरलाई ब्रेक थ्रु दिलाए । वसीरले आफ्नो अन्तिम ओभरमा देवलाई क्रिस सोलबाट क्याच गराए । देव र बोसिस्टोले तेस्रो विकेटका लागि १०२ रनको शतकीय साझेदारी गरे । देवको विकेट लगत्तै अर्को बलमै अहमदले गुल्सनलाई डक आउट गरे । त्यसको अर्को ओभरमा अर्जुन घर्ती अकिब इलियासबाट बोल्ड भए ।

ब्याटिङमा देव खनाल, तस्विरः सरोज सापकोटा/खेलाडी

१९औं ओभरको अन्तिम बलमा बोसिस्टो सोलको बलमा विकेटकिपर लोकेश बमबाट क्याच भए । अन्तिम ओभरमा विराटनगरले थप चार विकेट लियो । प्रतीशको बलमा जीसन मक्सुद अहमदबाट क्याच भए । चौथो बलमा नन्दन यादव एलबिडब्ल्युको शिकार बन्दा पाँचौं बलमा युनिश ठकुरी लोकेशबाट रन आउट भए । अन्तिम बलमा विपीन शर्मा सोलबाट क्याच भएपछि विराटनगरले खेलमा १० विकेट लिन सफल भयो ।

चौथो खेल खेलिरहेका दुबै टोली लगातार दोस्रो जितको लक्ष्यमा छन् ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।