काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय लिए ।
लुम्बिनी पहिलो जितको लक्ष्यमा छ । लुम्बिनीले पहिलो खेलमा विराटनगरविरुद्ध दुई विकेट तथा दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले पराजित भएको थियो ।
सुदूरपश्चिमविरुद्ध पनि जित निकाल्न नसके लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना न्युन हुनेछ ।
उता लगातार तेस्रो जित निकाल्न सके सुदूरपश्चिमलाई प्लेअफको बाटो सहज बन्नेछ । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई ९० तथा काठमाडौं गुर्खाजलाई ७३ रनले हरायो ।
लुम्बिनीको टोलीमा एक परिवर्तन भएको छ । आशुतोष घिरैयाले विश्राम पाउँदा अर्जुन साउदलाई मौका दिइएको छ ।
सुदूरपश्चिमले पनि एक परिवर्तन गरेको छ । रोहन मुस्ताफालाई बेन्चमा राखेर बसन्त खत्रीलाई मैदान उतारिएको छ ।
लुम्बिनीको टोली
रोहितकुमार पौडेल(कप्तान), विवेक यादव, सूर्य तामाङ, सन्दीप जोरा (उपकप्तान), दुर्गेश गुप्ता, दिनेश अधिकारी, अर्जुन साउद (विकेटकिपर), टम मुर्स, उन्मुक्त चन्द , साद बिन जफर, रामोन सिमन्ड्स
सुदूरपश्चिमको टोली
दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख, इशान पाण्डे, नरेश बुढाऐर, विनोद भण्डारी (विकेटकिपर), ब्रेन्डन म्याकमुलन, सेफ जैब, स्कट कुग्गेलिजन, अभिनास बोहरा, नरेन साउद, बसन्त खत्री