माघ १, २०८१ मंगलबार | २३:२२:३७
अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल एपिएफको सानदार जित टीएस ठकुरी एम्सको एम्बासडरमा नियुक्त सातदोबाटोको कठिन जित अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल एपिएफको सानदार जित टीएस ठकुरी एम्सको एम्बासडरमा नियुक्त सातदोबाटोको कठिन जित

चितवनविरुद्ध कर्णालीको रोमाञ्चक जित

फाइल तस्विर

काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जित हासिल गरेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले लगातार तेस्रो जितको लक्ष्यमा रहेको चितवन राइनोजमाथि ६ विकेटको रोमाञ्चक जित हासिल गर्यो ।

चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले अन्तिम बल बाँकी रहको अवस्थामा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

कर्णालीका लागि ओपनर शिखर धवनले ४१ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै तेस्रो नम्बरका ब्याटर चाडविक वाल्टनले १९ बलमा तीन छक्कासहित ३० रन बनाए । अर्का ओपनर देव खनालले ३४ बलमा समान एक चौका र छक्कासहित २५ रन बनाउँदा चौथो नम्बरका ब्याटर जीसन मक्सुदले १५ बलमा एक चौकासहित १२ र पाँचौं नम्बरका अर्जुन घर्तीले १० बलमा ११ रन जोडे ।

चितवनका लागि कप्तान कुशल मल्ल, लोफ्टी इटन र रवी बोपाराले समान एक विकेट लिए ।

देव र धवनले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए । १०औं ओभरको पाँचौं बलमा देव कुशलको बलमा एलबिडब्ल्युको शिकार बन्दा कर्णालीले पहिलो विकेट गुमाएको थियो । त्यसपछि क्रिजमा आएका वाल्टनले धवनसँग मिलेर ५१ रनको साझेदारी गरे ।

१६औं ओभरको दोस्रो बलमा धवन इटनको बलमा इटनबाटै क्याच भए । चार रन जोड्न नपाउँदै १७औं ओभरको दोस्रो बलमा चाडविक पनि पेभिलियन फर्किए । जतिबेला कर्णालीलाई जितका लागि २३ रनको आवश्यकता थियो ।

१८ ओभर सकिँदा कर्णालीलाई जितका लागि ११ रनको आवश्यकता थियो । क्रिजमा थिए जीसन मक्सुद र अर्जन घर्ती । १९औं ओभरमा तीव्र गतिका बलर सोहेल तनवीरले दुई रन मात्र खर्चिँदा खेलले रोमाञ्चक मोड लियो । अन्तिम ओभरमा कर्णालीलाई जितका लागि ९ रन आवश्यक रहँदा कप्तान कुशलले तीव्र गतिका बलर रिजन ढकाललाई बलिङको जिम्मेवारी दिए । सुरुआती तीन बलमा रिजनले ६ रन खर्चिए । चौथो बलमा अर्जुन रिजनबाटै रन आउट भए । त्यसको अर्को बलमा मक्सुदले चौका प्रहार गर्दै कर्णालीलाई पहिलो जित दिलाए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले इङ्लिस ब्याटर रवी बोपाराको अर्धशतकप्रेरित २० ओभरको समाप्तिमा १३० रनको योगफल तयार पारेको थियो ।
चितवनका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका बोपाराले ४० बलमा सात चौका र एक छक्कासहित ५९ रनको अविजित पारी खेले । त्यस्तै कप्तान कुशल मल्ले २७ बलमा दुई चौका र एक छक्कासहित २३ रन बनाउँदा तेस्रो नम्बरका ब्याटर विपीन रावलले १५ बलमा एक चौकासहित ११ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कर्णालीका लागि विपीन शर्माले चार ओभरमा २१ रन खर्चिँदै सर्वाधिक तीन विकेट लिए । त्यस्तै जिसन मक्सुदले दुई विकेट लिँदा सोमपाल कामी र नन्दन यादवको नाममा समान एक विकेट रह्यो ।

प्रतियोगितामा बोपाराको यो लगातार दोसे अर्धशतक हो । बोपाराले यसअघि चितवनको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ३८ बलमा समान तीन चौका र छक्कासहित ५१ रनको पारी खेलेको थिए । जारी एनपिएलको यो नवौं अर्धशतक हो ।

पहिलो ओभरको पाँचौं बलमा कप्तान सोमपाल कामीले ओपनर लुक बेन्केनस्टेइनलाई रनको खाता पनि खोल्न नदिइ बोल्ड गरेका थिए । चौथो ओभरको पाँचौैं बलमा नन्दन यादवले आठ रन बनाएर खेलिरहेका अर्का ओपनर दीपक बोहरालाई देव खनालबाट क्याच गराए । छैटौं ओभरको पहिलो बलमा जिसन मक्सुले विपिन रावललाई व्यक्तिगत ११ रनमा बोल्ड गरे ।

ब्याटिङ पावरप्लेमा चितवनले मात्र २८ रन जोड्न सक्यो । विपिनपछि क्रिजमा आएका कुशल मल्ल र बोपाराले चौथो विकेटका लागि ६० रनको साझेदारी गरे ।

१४औं ओभरको तेस्रो बलमा मक्सुदले नै कुशलको विकेट लिएर कर्णालीलाई ब्रेक थ्रु दिलाए । गुल्सन झाबाट क्याच भएका कुशलले २७ बलमा दुई चौका र एक छक्कासहित २३ रनको योगदान गरे ।

१६औं ओभरको अन्तिम बलमा चितवनले जीवनदान पायो । मक्सुदको बलमा लोफ्टी इटनको क्याच अर्जन घर्तीले ड्रप गरे । तर, इटनलाई लगत्तैको ओभरमा भाग्यले साथ दिएन । विपीन शर्माको बलमा उनी एलबिडब्ल्युको शिकार बन्दै पेभिलियन फर्किए । त्यसको दोस्रो बलमै विपीनले चितवनलाई अर्को सफलता दिलाउ । सोहेल तनवीर खाता नै खोल्न नपाई बोल्ड भए । त्यसपछि क्रिजमा आएका अमर रौटेला पनि १९औं ओभरको चौथो बलमा पेभिलियन फर्किए । आठ बलमा एक चौकासहित ९ रन बनाएका रौटेला पनि विपीनबाटै बोल्ड भए ।

चितवनले १७.३ बलमा एक सय रनको आँकडा पूरा गरेको थियो । त्यसपछि उसले १५ बलमा थप ३० रन जोडेको थियो ।

 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO