काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले बिहीबार भुकम्प स्मृति बहुउदेश्यीय कभर्डहलको उद्घाटन गरेका छन् ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले काठमाडौं महानगरपालिका वडा नम्ब-१५, डल्लु अवास क्षेत्रमा रहेको यो कभर्डहल निर्माणका लागि आर्थिक सहयोग गरेको थियो ।
कूल ४ करोड ५० लाख रुपैयाँमा निर्माण सम्पन्न भएको कभर्डहलको शिलान्यास २०७९ सालको असोजमा भएको थियो । यसमा भलिबल, ब्याडमिन्टन, टेबल टेनिसलगायत इन्डोर खेलको आयोजना गर्न सकिनेछ ।
अध्यक्ष श्रेष्ठले कभर्डको निर्माणले स्थानीय खेलको विकासमा तथा खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए । ‘यो नेपाली खेलकुदका लागि ठूलो उपलब्धी हो । कभर्डहलका कारण यस क्षेत्रमा खेलकुद विकास तथा खेलाडी उत्पादनमा सहयोग पुग्नेछ,’ श्रेष्ठले भने ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
