पुस १२, २०८१ शुक्रबार | ०७:०६:५३
एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित

सुदूरपश्चिमले काठमाडौंलाई दियो १६८ रनको लक्ष्य

फाइल तस्विर

काठमाडौं । न्युजिल्यान्डका ब्याटर ब्रेन्डन म्याकमुलनको अर्धशतकीय पारीप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गुर्खाजविरुद्ध १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै १६७ रनको योगफल तयार गरेको हो ।

सुदूरपश्चिमका  लागि तेस्रो नम्बरका ब्याटर म्याकमुलनले ३६ बलमा तीन चौका र चार छक्कासहित ५३ रनको योगदान गरे । त्यस्तै कप्तान तथा अलराउन्डर दीपेन्द्रले २५ बलमा तीन चौका र दुई छक्कासहित ४३ रन बनाउँदा ओपनर विनोद भण्डारीले २८ बलमा समान दुई चौका र छक्कासहित ३५ रन जोडे । अर्का ओपनर सेफ जइब ११ रनमा पेभिलियन फर्किँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

काठमाडौंका लागि रसीद खानले सर्वाधिक दुई विकेट लिँदा करण केसी, साहव आलम र जेरार्ड इरास्मसले समान एक विकेट लिए ।

दोस्रो ओभरको अन्तिम बलमा सुदूरपश्चिमले पहिलो विकेट गुमायो । तीव्र गतिका बलर रसीदले जेइबलाई बोल्ड गरे । त्यसपछि क्रिजमा आएका म्याकमुलनले विनोदसँग मिलेर ८६ रनको साझेदारी गरे ।

१२औं ओभरको अन्तिम बलमा जेरार्ड इरास्मसले काठमाडौंलाई ब्रेक थ्रु दिलाए । इरास्मसको बलमा साहवबाट लङ अफमा क्याच भए । लगतै अर्को बलमा सुदूरपश्चिमले विनोदलाई गुमायो । विनोद साहवको बलमा एलबिडब्ल्युको शिकार बने । त्यसपछि क्रिजमा आएका कप्तान दीपेन्द्र र रोहन मुस्ताफाले पारीलाई उकास्ने प्रयास गरे । तर, चौथो विकेटका लागि २४ रनको साझेदारीमा रहँदा रोहन रासीदको बलमा बोल्ड भए । रोहनपछि आए आरिफ सेख ।

आरिफ क्रिजमा एक ओभरभन्दा धेरै टिक्न सकेनन् । दीपेन्द्रलाई स्ट्राइक रोटेट गर्ने जिम्मेवारीमा रहेका आरिफ इस्किनाजीको ओभरमा भिम शार्कीबाट रन आउट भए । १९औं ओभरको चौथो बलमा दीपेन्द्र पेभिलियन फर्किए ।

दुबै टोली लगातार दोस्रो जितको लक्ष्यमा छन् ।
 


भिडियो
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh