काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर फिल्डिङको निर्णय लिए ।
काठमाडौं तेस्रो तथा सुदूरपश्चिम दोस्रो खेल खेल्दैछन् । यसअघि चितवन राइनोजसँग पराजित काठमाडौंले कर्णाली याक्सलाई पराजित गरेको थियो । सुदूरपश्चिमले विराटनग किंग्सविरुद्ध जित निकालेको थियो ।
काठमाडौंले एक परिवर्तन गरेको छ । दिपेश कँडेलको स्थानमा प्रतिक श्रेष्ठले मौका पाएका छन् ।
यता सुदूरपश्चिमले दुई परिवर्तन भएको छ । अमित श्रेष्ठ र बसन्त खत्रीको स्थानमा रोहन मुस्ताफा र नरेन साउदले मौका पाएका छन् ।
काठमाडौं टोली
काठमाडौंको टोली
करण केसी (कप्तान), भीम सार्की, साहव आलम, शंकर राना, रसिद खान, सुमित महर्जन, प्रतिक श्रेष्ठ, माइकल लेभिट, स्टेफन स्किनाजी (विकेटकिपर), जेरार्ड इरास्मस, नाथन सोउटर
सुदूरपश्चिमको टोली
दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख, इशान पाण्डे, नरेश बुढाऐर, विनोद भण्डारी (विकेटकिपर), ब्रेन्डन म्याकमुलन, सेफ जैब, स्कट कुग्गेलिजन, अभिनास बोहरा, नरेन साउद, रोहन मुस्ताफा