पुस १२, २०८१ शुक्रबार | ०६:३०:२८
एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित

जनकपुरको विजयी यात्रा जारी

विकेटको खुसीयाली मनाउँदै जनकपुरका खेलाडी, तस्विरः सरोज सापकोटा/ खेलाडी ।

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिगमा आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म पनि कायम राखेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार जनकपुरले पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको विकेटको जित निकाल्यो । 

तेस्रो जितसँगै तीन खेलमा ६ अंक जोडेको जनकपुुर शीर्षस्थानमा उक्लिएको छ । दुवै खेलमा पराजित पोखरा अंकविहिन छ ।

यसअघि जनकपुरले विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो । पोखरा चितवन राइनजोसँग निरास बनेको थियो ।

पोखरा प्रस्तुत गरेको १३९ रनको लक्ष्य जनकपुरले १७.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

जनकपुरका लागि जिमी निसमले २० बलमा पाँच छक्काको मद्दतले अविजित ४० रनको योगदान गरे । यसैगरी लाहिरु मिलन्थाले ४५, आसिफ शेखले ३३ र हर्ष थाकरले अविजित १३ रन बनाए ।

दोस्रो विकेटका लागि लाहिरु र आसिफले ७२ रनको साझेदारी गरे । पोखराका लागि कप्तान कुशल भुर्तेल, माइकल लिस्क र विपिन खत्रीले समान एक विकेट लिए ।

दोस्रो ओभरको दोस्रो बलमा जनकपुरका कप्तान अनिलकुमार साह एक रन बनाउँदै पेभेलियन फर्किए । उनलाई विपिन खत्रीले एलबिडब्ल्युको शिकार बनाए । 

माइकल लिस्कले १०औं ओभरको पाँचौं बलमा लाहिरु मिलन्थालाई सागर ढकालबाट क्याच गराए । उनले ३२ बलमा चार चौकाको मद्दले ४५ रनको योगदान गरे ।

पोखराका कप्तान कुशल भुर्तेलले ३३ रन बनाएर खेलिरहेका आसिफ शेखलाई १३औं ओरभको तेस्रो बलमा पेभेलियनको बाटो देखाए । ३४ बलमा तीन चौका प्रहार गरेका आसिफ विपिनबाट क्याच भए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३८ रनको योगफल तयार पार्यो ।

पोखराका लागि मार्कस क्रिटलेले ३५, माइकल लिस्कले २५, आन्द्रेस गौसले २०, रेमन रिफरले १७, दिलिप नाथले ११ र दीनेश खरेलले १० रन बनाए ।

जनकपुरका लागि ललितनारायण राजवंशीले तीन, जिमी निसमले दुई तथा मोहम्मद मोहसिन र किशोर महलो समान एक विकेट लिए ।  

\पाँचौं ओभरको अन्तिम बलमा ललितनारायण राजवंशीले जनकपुरलाई पहिलो सफलता दिलाए । उनले १६ बलमा तीन चौका र एक छक्काको मद्दतले २० रन बनाएका आन्द्रेस गौसलाई आसिफ शेखबाट क्याच गराए ।

जिमी निसमले छैटौं ओभरको पाँचौ बलमा दिनेश खरेललाई तुलबहादुर मगरबाट क्याच गराए । १७ बलको सामना गरेका उनले एक छक्काको मद्दतले १० रन बनाए ।

पोखराका कप्तान कुशल भुर्तेलको ब्याट आज पनि चल्न सकेन । ६ रन बनाएर खेलिरहेका कुशललाई सातौं ओभरको अन्तिम बलमा ललितले विकेटकिपर लाहिरु मिलन्थाबाट स्ट्याम्पिङ गराए ।

दिलिप नाथ ११औं ओभरको तेस्रो बलमा ११ रन बनाएर पेभेलेलियन फर्किए । १४ बलमा एक चौका प्रहार गरेका उनलाई मोहम्मद मोहसिनले एलबिडब्ल्युको शिकार बनाए ।

ललितले १७औं ओभरको तेस्रो बलमा मार्कस क्रिटलेलाई आफ्नो तेस्रो शिकार बनाए । ३० बलको सामना गर्दै ३५ रन बनाएका क्रिटले कप्तान अनिलकुमार साहबाट क्याच भए ।

जिमीले रेमन रिफरलाईै १९ औं ओभरको तेस्रो बलमा अनिलबाट क्याच गराए । उनले २० बलमा एक चौकाको मद्दतले १७ रन बनाए ।

अन्तिम ओभरको चौथो बलमा किशोर महतोले २५ रन बनाएर खेलिरहेका माइकल लिस्कलाई आसिफबाट क्याच गराए । १२ बलको सामना गरेका उनले तीन छक्का प्रहार गरे ।


भिडियो
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh