काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान अनिलकुमार साहले टस जितेर फिल्डिङको निर्णय लिए ।
जनकपुर तेस्रो र पोखरा दोस्रो खेल खेल्दैछन् । यसअघि जनकपुरले विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो । पोखराले चितवनसँग हार ब्यहोरेको थियो ।
जनकपुरले टोलीमा एक परिवर्तन गरेको छ । शेर मल्ल बेन्चमा रहँदा हेमन्त धामीले मौका पाएका छन् ।
यता पोखराको टोलीमा दुई परिवर्तन भएको छ । किरण ठगुन्ना र बास डी लिडेको स्थानमा आकाश चन्द र आन्द्रेस गौसलाई मैदान उतारिएको छ ।
जनकपुरको टोली
अनिलकुमार साह(कप्तान), आसिफ शेख, ललितनारायण राजवंशी, किशोर महतो, हेमन्त धामी, लाहिरु मिलन्था (विकेटकिपर), शुभ कंशाकार, तुलबहादुर मगर, जिमी निसम, मोहम्मद मोहसिन, हर्ष थाकर
पोखराको टिम
कुशल भुर्तेल (कप्तान), नारायण जोश, विपिन खत्री, दिलिप नाथ (विकेटकिपर), आकाश चन्द, सागर ढकाल, माइकल लिस्क, रेमोन रिफर, मार्कस क्रिटले, अन्द्रेस गौस, दीनेश खरेल