मंसिर १२, २०८१ बुधबार | १०:२१:११
इङ्लिस अलराउन्डर बेन माइक जनकपुरमा आर्सनलको फराकिलो जित बायर्नले पिएसजीलाई हरायो घरेलु मैदानमै बराबरीमा रोकियो म्यानचेस्टर सिटी इन्टर मिलानको अपराजित यात्रा कायमै बार्सिलोनाको सहज जित नेपाल आइपुगे चाडविक वाल्टन र बाबर हायत नेपाल लगातार दोश्रो खेलमा विजयी टिआइएको दोहोरो जित भक्तपुर-५ लाई महिला टिम इभेन्टमा स्वर्ण इङ्लिस अलराउन्डर बेन माइक जनकपुरमा आर्सनलको फराकिलो जित बायर्नले पिएसजीलाई हरायो घरेलु मैदानमै बराबरीमा रोकियो म्यानचेस्टर सिटी इन्टर मिलानको अपराजित यात्रा कायमै बार्सिलोनाको सहज जित नेपाल आइपुगे चाडविक वाल्टन र बाबर हायत नेपाल लगातार दोश्रो खेलमा विजयी टिआइएको दोहोरो जित भक्तपुर-५ लाई महिला टिम इभेन्टमा स्वर्ण

डिएनए इन्टरनेस्नल नेपाल जनकपुर बोल्ट्सको मुख्य प्रायोजक

मुख्य प्रायोजनका लागि सम्झौता गरिदै, तस्विरः सरोज सापकोटा/ खेलाडी ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज जनकपुर बोल्ट्सले डिएनए इन्टरनेस्नल नेपाललाई मुख्य प्रायोजकका रूपमा भित्र्याएको छ ।

मंगलबार जनकपुरका निर्देशक अमित श्रेष्ठ र डिएनए इन्टरनेस्नल नेपालका प्रबन्ध निर्देशक अनुप घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

रन्जना ट्रेड सेन्टर आधिकारिक विक्रेता रहेको डिएनए इन्टरनेश्नल नेपाल कपडा उत्पादक कम्पनी हो ।

जनपुरका निर्देशक श्रेष्ठले डिएनए नेपालसँगको साथले आफूहरुलाई अगाडि बढ्न सहयोगन पुग्ने बताए ‘एनपिएलका लागि जनकपुरको राम्रो तयारी भइरहेको छ । डिएनए नेपालको साथले हामीलाई व्यवासीयक रुपमा अगाडि बढ्न ठुलो सहयोग पुग्नेछ । एनपिएल जस्तो ठुलो इभेन्टमा समावेश भएपछि डिएनए इन्टरनेस्नल नेपालले पनि उचाई छुनेमा हामीले विश्वास लिएका छौं,’ श्रेष्ठले भने ।

जनकपुरको जर्सी सार्वजनिक गरिदै, तस्विरः सरोज सापकोटा / खेलाडी । 

डिएनए नेपालका म्यानेजिङ डाइरेक्टर घिमिरेले भविष्यमा कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा लैजान आफ्नो योजनामा यो सम्झौताले सहयोग पुर्याउने प्रतिक्रिया दिए ।

‘जनकपुर बोल्ट्ससँग जोडिने मौका पाउनु हाम्रो लागि ठुलो सौभाग्य हो । कम्पनीले पछिल्ला केही वर्षमा  ठुलो इभेन्टसँग पनि सहकार्य गर्दै आएको । भविष्यमा अन्तर्राष्ट्रिय बजारमा जाने योजना रहेकाले एनपिएल र जनकपुर बोल्ट्सको माध्यमबाट हामीले ठुलो प्लेटफर्म पाएका छौं,’ घिमिरेले भने

जनकपुरको मार्की खेलाडीमा राष्ट्रिय किक्रेट टोलीका विकेटकिपर तथा ब्याटर आसिफ शेख छन् । यसैगरी टोलीले पुबुदु दासानायकेलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।

प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा जनकपुरसहित लुम्बिनी लायन्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।

जनकपुरले उद्घाटन खेलमा विराटनगर किंग्सको सामना गर्नेछ । 


भिडियो
AASIF SHEIKH: ‘प्रधानमन्त्रीले क्याप्टेन कुल भन्दा खुसी लाग्यो’ Janakpur Bolts Nepal Premier League
Nepal premier League लाई तयार हुँदै टिम KATHMANDU GURKHAS II NPL
Nepal Premier League को तयारीमा धार लगाउँदै सुदूरपश्चिमको टोली : Sudurpaschim Royals II NPL
HEMANTA DHAMI: खेलाडी कन्फिडेन्ट छन्, यु–१९ एसिया कपमा राम्रो प्रदर्शन गर्नेछौं । U 19 team captain
BASHANTA KHATRI: ‘सिक्नको लागि एनपिएल राम्रो प्लेटफर्म हुनेछ’ NPL Sudurpaschim Royals, Iconic Player
ABHINASH BOHARA: टियु मैदान धेरै राम्रो भइसकेछ, हेर्दा विश्वासै भएन । कहिले ग्राउन्ट छिरौं भइरहेछ
ANIL KUMAR SHAH: यो लिग हाम्रो लागि हो, NPL मा विदेशीभन्दा पनि नेपाली खेलाडीले राम्रो गर्नुपर्छ