काठमाडौं । नेपाल प्रियिमर लिग (एनपिएल) को फ्रेन्चाइज चितवन राइनोजले जर्सी सार्वजनिक गरेको छ ।
भरतपुर महानगरपालिकाकी मेयर रेनुका दाहालले सोमबार जर्सी अनावरण गरिन् । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले, चितवन मेडिकल कलेजका अध्यक्ष डा.हरिशचन्द्र न्यौपाने, चितवन राइनोजका अध्यक्ष आयुष न्यौपाने, मार्की कुशल मल्ल, खेलाडीलगायतको उपस्थिति थियो ।
सुन्तोला रंगको मिश्रण रहेको जर्सीको दायाँ भागमा एक सिंगे गैंडाको आकृति छ । सोही अवसरमा चितवनको गित र मस्कट पनि सार्वजनिक गरिएको थियो ।
टोलीले नेपाली राष्ट्रिय टोलीका पुर्व प्रशिक्षक उमेश पटवाललाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा चितवनसहित जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।
चितवनले मंसिर १७ मा काठमाडौं गुर्खाजसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।