काठमाडौं । काठमाडौं गुर्खाज आसन्न एनपिएलमा मुख्य प्रायोजन सम्झौता गर्ने पहिलो टिम बनेको छ ।
आइतबार जर्सी सार्वजनिक कार्यक्रम दौरान काठमाडौं गुर्खाजले मुख्य प्रायोजक पनि घोषणा गर्यो ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पहिलो पटक हुन लागेको फ्रेन्चाइज क्रिकेट लिगको टोली काठमाडौं गुर्खाजलाई बिधुतीय गाडीको ब्राण्ड बिवाइडीको डल्फिनले मुख्य प्रायोजकका रुपमा साथ दिने भएको छ ।
बिवाइडीको डल्फिनलाई मुख्य प्रायोजकका रुपमा भित्रयाए पनि काठमाडौं गुर्खाजले प्रायोजन रकम भने खुलाएको छैन ।
यही मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुर मैदानमा हुने २० ओभरको प्रतियोगितामा आठ फ्रेनचाइज टोलीको सहभागिता रहनेछ ।
प्रतियोगितामा काठमाडौं गुर्खाजसहित कर्णाली याक्स, लुम्बिनी लायन्स, विराटनगर किङ्गस, जनकपुर बोल्टस, पोखरा एभेन्जर्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्सले पहिलो एनपिएलको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।