मंसिर ६, २०८१ बिहीबार | १४:३४:०३
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ

अहिले चर्चा एनपिएलको, पहिला यस्तो थियो फ्रेन्चाइज लिग

काठमाडौं । अहिले नेपाली क्रिकेटवृत्तमा फ्रेन्चाइज लिग प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को चर्चा परिचर्चा व्यापक भइरहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गर्न लागेको एपिएल मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ । नेपाली क्रिकेटको यो सबैभन्दा ठूलो प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

यसअघि एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग, नेपाल टी-२० लिग र वुमेन्स च्याम्पियन्स लिग सम्पन्न भइसकेका छन् ।

अहिले फ्रेन्चाइज टिमहरू आफ्नो टोली तयार पार्न व्यस्त छन् । नाम चलेका विदेशी खेलाडी भित्र्याउन तँछाडमछाड गरिरहेका छन् । एनपिएलको पहिलो संस्करणमै मार्टिन गुप्टिल, जिमी निसम, शिखर धवन, रवि बोपराजस्ता विश्व क्रिकेटमा नाम कमाएका खेलाडी जोडिने भएका छन् ।  

क्यानले पहिलो पटक आयोजना गर्न लागेको भए पनि फ्रेन्चाइज लिग क्रिकेट नेपालमा सुरु भएको दशक बित्नै लागेको छ । एनपिएलअघि पुरुषका चार र महिलाको एक फ्रेन्चाइज लिग सम्पन्न भइसकेका छन् ।

यसअघि एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग, नेपाल टी-२० लिग र वुमेन्स च्याम्पियन्स लिग सम्पन्न भइसकेका छन् ।

यस्तो छ नेपालमा फ्रेन्चाइज लिग इतिहास

एभरेस्ट प्रिमियर लिग (इपिएल)

पछिल्लो संस्करणको इपिएल च्याम्पियन चितवन टाइगर्स , एपिएलको फेसबुक पेजबाट ।

नेपालमा फ्रेन्चाइज लिगको सुरुआत एभरेस्ट प्रिमियर लिगबाटै भएको थियो । यो नेपालको सबैभन्दा सफल फ्रेन्चाइज लिग पनि हो । 

सन् २०१४ मा घोषणा भए पनि यसको पहिलो संस्करण सन् २०१६ मा आयोजना गरियो । यो लिग इपिएल प्रालिले आयोजना गरेको थियो । नेपाल प्रिमियर लिगको नामबाट आयोजना गरिएको पहिलो संस्करणमा ६ टोलीको सहभागिता थियो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न पहिलो संस्करणको च्याम्पियन बन्यो पञ्चकन्या तेज । दोस्रो संस्करणदेखि लिगको नाम फेरिएर एभरेस्ट प्रिमियर लिग (इपिएल) बन्यो । यही नाममा प्रतियोगिताको ३ संस्करण सम्पन्न भयो ।  

त्रिवि क्रिकेट मैदानमा सम्पन्न सबै संस्करणमा ६ टोलीको सहभागिता थियो । सन् २०१७ सम्पन्न दोस्रो संस्करणमा विराटनगर वारियर्स च्याम्पियन बन्यो । सन् २०१८ मा भएको तेस्रो संस्करणको उपाधि ललितपुर प्याट्रियसले उचाल्यो ।

इपिएलको चौथो तथा पछिल्लो संस्करण सन् २०२१ मा आयोजना गरिएको थियो । इपिएलको पछिल्लो च्याम्पियन बन्यो चितवन टाइगर्स । नेपाल क्रिकेट संघ (क्यान) ले सबै फ्रेन्चाइज लिगको आयोजना अनुमति खारेज गरेर लिग आफैंले गर्ने भएपछि इपिएल बन्द भएको हो ।

धनगढी प्रियिमर लिग (डिपिएल)

दुई पटककाे डिपिएल च्याम्पियन टिम चौराह धनगढी , चाैराहको फेसबुक पेजबाट  ।

धनगढी प्रिमियर लिगको सुरुआत सन् २०१७ मा भएको थियो । तर, ३ संस्करण आयोजनापछि लिग सञ्चालन हुन सकेको छैन ।

धनगढी क्रिकेट एकेडेमीको आयोजनामा भएको प्रतियोगिताका तीनै संस्करणमा ६ टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता धनगढी क्रिकेट मैदानमा आयोजना गरिएको थियो । सन् २०१७ र २०१८ को सुरुआती दुई संस्करणमा टिम चौराह धनगढी च्याम्पियन बन्यो ।

सन् २०१९ मा सम्पन्न पछिल्लो संस्करणको उपाधि सिवाइसी अत्तरियाले जितेको थियो ।

पोखरा प्रियिमर लिग (पिपिएल)

दोस्रो संस्करणको च्याम्पियन चितवन राइनोज, तस्विरः पिपिएलको फेसबुक पेजबाट ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले सन् २०१८ मा पोखरा प्रिमियर लिग नामको फ्रेन्चाइज प्रतियोगिता सुरुआत गरेको थियो ।

पोखरा रंगशालामा भएको लिगका २ संस्करणभन्दा अगाडि बढ्न सकेन । दुवै संस्करणमा समान ६ टोलीले सहभागिता जनाएका थिए ।

सन् २०१८ सम्पन्न पहिलो संस्करणमा पोखरा पल्टन च्याम्पियन्स बनेको थियो । सन् २०१९ मा भएको दोस्रो तथा अन्तिम संस्करणको उपाधि चितवन राइनोजले उचालेको थियो ।

नेपाल टी-२० लिग

नेपाल टी-२० लिगको च्याम्पियन लुम्बिनी अल स्टार । 

नेपाल क्रिकेट संघ (क्यान) को व्यवस्थापन र भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसकाे आयोजनामा सन् २०२२ मा नेपाल टी-२० लिग आयोजना भएको थियो ।

यो लिगले जति चर्चा कमायो, त्यति नै विवादित पनि बन्यो । जसका कारण क्यानले सेभेन थ्री स्पोर्ट्ससँग गरेको आठ वर्षको सम्झौता बीचमा नै तोड्नुपरेको थियो । म्याच फिक्सिङ, स्पट फिक्सिङ जस्ता गम्भीर आरोप लागेपछि आयोजकले बीचमै लिग छाडेपछि बाँकी खेल क्यान आफैंले सञ्चालन गरेको थियो ।

मात्र एक संस्करण भएको नेपाल टी-२० लिगमा ६ टोलीको सहभागिता थियो । लिगको उपाधि लुम्बिनी अलस्टार्सले उचालेको थियो ।

वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल)

नेपाली महिला क्रिकेटको इतिहासमा हालसम्म भएको पहिलो र एकमात्र फ्रेचाइज प्रतियोगिता हो, वुमेन्स च्याम्पियन्स लिग । क्विन्स इभेन्ट्स प्रालिको आयोजनामा भएको यो प्रतियोगिता पनि १ संस्करणभन्दा अगाडि बढ्न सकेन । 

सन् २०१९ मा त्रिवि क्रिकेट मैदानमा सम्पन्न प्रतियोगितामा पाँच टोलीले सहभागिता जनाएका थिए । चितवन राइनोज च्याम्पियन बनेको थियो । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II INDU BURMA II Captain , National Women’s Cricket Team
KHELADI TALKS WITH AJAY PHUYAL II KARAN KC II MARQUEE KATHMANDU GURKHAS NEPAL PREMIER LEAGUE
Nepal Premier league NPL का लागि सिंगारिदै TU Cricket Ground
dayahang rai भन्छन्ः मैले क्रिकेट अझै पनि बुझ्न सकेको छैन, तर क्रिकेटले हामीलाई जोडेको छ
Martin Guptil बाट धेरै सिक्न पाइन्छः Pratish GC
विदेशी खेलाडी समेट्न स्टार स्पोर्ट्स ल्यायौं : PARAS KHADKA II SECRETARY , CAN NEPAL PREMIER LEAGUE
NEPAL U19 VS UAE U19 ICC U19 WOMEN'S WORLD CUP QUALIFIER जिते पछि Puja Mahato Sony Pakhrin