काठमाडौं । एसिसी यु-१९ एसिया कपको तयारीमा रहेको नेपाल कर्नाटकाविरुद्ध पहिलो अभ्यास खेलमा एक विकेटले पराजित भएको छ । पराजित भएको छ ।
बुधबार मुलपानी क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ११४ रनको लक्ष्य कर्नाटकाले ३२ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।
कर्नाटकाका लागि रोहितले ३३, प्रज्वल गोडाले २८ रन बनाए । पाँचौं विकेटका लागि रोहित र प्रज्वलले ५० रनको साझेदारी गरे ।
नेपालका लागि कप्तान हेमन्त धामी र सन्तोष यादवले समान तीन, युनिशविक्रक ठकुरीले दुई तथा विपिन महतो एक विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २७.२ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि आकाश त्रिपाठीले २७, नरेन साउदले १३, युनिशविक्रम ठकुरीले १२ र सन्तोष यादवले १० रन बनाए ।
कर्नाटकका लागि इसा पुथिगेले ८ ओभरमा दुई मेडनसहित ३१ रन खर्चेर पाँच विकेट लिए । यसैगरी तेजसले दुई तथा प्रणव र ध्रुवले सामन विकेट लिए ।
अब दोस्रो अभ्यास खेल शुक्रबार हुनेछ ।