काठमाडौं । वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेलले इङ्ल्यान्डविरुद्ध अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलाको बाँकी तीन खेल गुमाउने भएका छन् ।
बार्बाडोसमा भएको शृंखलाको पहिलो खेलमा रसेल घाइते भएका थिए । उनको खुट्टामा चोट लागेको छ ।
रसेलले शृंखलाको दोस्रो खेल पनि गुमाएका थिए । पहिलो खेलमा रसेलले ३० रन बनाएका थिए ।
रसेलको स्थानमा अलराउन्डर शमर स्प्रिंगरलाई टोलीमा बोलाइएको छ । यसैगरी तीव्र गतीका बलर अल्जारी जोसेफले पनि टोलीमा पुनरागमन गरेका छन् । शमर जोसेफ बाहिरिएका छन् ।
घरेलु टोली वेस्ट इन्डिज पाँच खेलको शृंखलामा २-० ले पछाडि छ । शृंखलाको तेस्रो खेल शुक्रबार हुनेछ ।
वेस्ट इन्डिजको टोली
रोभमन पावेल (कप्तान), रोस्टन चेज, म्याथ्यु फोर्ड, शिम्रन ,हेटमायर, टेरेन्स हिन्ड्स, शाई होप, अकिल हुसेन, अल्जारी जोसेफ, ब्रान्डन किंग, इभिन लुइस, गुडाकेश मोती, निकोलस प्रन, शेरफोर्ड रादरफोर्ड, रोमारियो शेफर्ड, शमर स्प्रिंगर