चैत्र १२, २०८२ बिहीबार | २३:५३:४९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

रियालको फराकिलो जित

रियाल मड्रिडको महिला टोली ।

काठमाडौं । रियाल मड्रिडले युइएफए महिला च्याम्पियन्स लिगमा बुधबार एफसी ट्वान्टविरुद्ध ७-० को फराकिलो जित दर्ता गरेको छ ।

जितसँगै तीन खेलमा ६ अंक जोडेको रियाल समूह ‘बी’ को दोस्रो स्थानमा छ । पराजित ट्वान्ट समान खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा छ ।

घरेलु मैदान अल्फ्रेडो डी स्टेफानो रंगशालामा रियाललाई जित दिलाउन मारिया मेन्डेजले दुई तथा सिग्ने ब्रुन, नाओमी फेलर, क्यारोलिन वेयर, ओइहान हर्नान्डेज र कार्ला कामाचोले समान एक गोल गरे ।

खेलको तेस्रो मिनेटमै ब्रुनको गोलमार्फत रियालले अग्रता लिएको थियो । १३ मिनेटपछि मेन्डेजले टोलीको अग्रता दोब्बर बनाइन् ।

फेलरले ५०औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरिन् । पाँच मिनेटपछि वेयरले गोल गर्दा रियाल ४-० ले अगाडि बढ्यो ।

मेन्डेजले ६३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा रियाल ५-० ले अगाडि बढ्यो । दुई मिनेटपछि हर्नान्डेजले टोलीका लागि छैटौं गोल गरिन् ।

अतिरिक्त समयमा कामाचोले गोल गरेपछि रियाल ७-० ले विजयी भयो ।

यही समूहको अर्को खेलमा चेल्सीले सेल्टिकविरुद्ध २-१ को जित दर्ता गर्यो । यसैगरी समूह ‘ए’ को खेलमालियोनले रोमलाई ३-० तथा उल्भ्सबर्गले गालातासारेलाई ५-० ले पराजित गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो