पोखरा । माछापुच्छ्रे क्रिकेट क्लबको आयोजमा शनिबारदेखि सुरु हुने माछापुछ्रे प्रिमियर लिग (एमपिएल) को अक्सन सम्पन्न भएको छ ।
अक्सनबाट १२० खेलाडीलाई सहभागी टोलीले ५०० देखि १० हजार रुपैयाँ खर्चिएर अनुबन्ध गरे ।
प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउँदै छन् । यस पटक इस्लामिक कंक्रर्स, एभरेस्ट क्रिकेट क्लब, पोखरा फिनिक्स, कुस्मा वारियर्स, फिस्टेल अपमोस्ट, आरके भिक्टोरियन्स र लेखनाथ बुमर्सलेले प्रतिस्पर्धा गर्नेछन् ।
यी टिमको कप्तानी क्रमश प्रविन ढकाल, नुर इस्लाम, अजर मसुद, विश्वास गुरुङ, सन्देश शाही ठकुरी, दिपेश खत्री, कविन सापकोटा र प्रदीप तामाङले गर्नेछन् ।
अक्सनबाट विनोद नेपाली, विश्वास पराजुली, गोरे जिटी, जस्मिन थापाले सर्वाधिक १० हजार रुपैयाँ प्राप्त गरे ।
विनोदलाई गोलप्रथामार्फत पोखरा फिनिक्सले भित्र्यो । उनीमाथि सिएनडी वारियर्स, कुस्मा वारियर्स र एभरेस्ट क्रिकेट क्लबले बोली लगाएका थिए।
विश्वासलाई अनुबन्ध गर्न पनि पनि आरके भिक्टोरियन, लेखनाथ बुमर्स र कुस्मा वारियर्सले प्रतिस्पर्धा गरेका थिए । तर गोलाप्रथामा आरके भिक्टोरियन भाग्मानी ठहरियो ।
गोरे गोलाप्रथामार्फत सिएनडी वारियर्समा अनुबन्ध भए । उनलाई भित्र्याउन पाँच टोलीले बोली लगाएका थिए ।
जस्मिनलाई अनुबन्ध गर्न इस्लामित कंक्रोर्स र लेखनाथ बुलर्सबीच चर्को प्रतिस्पर्धा भएको थियो । गोलाप्रथामा इस्लामिक कंक्रोर्स भाग्यमानी ठहरियो ।
खेलाडी खरिदका आरके भिक्टोरियन्स र पोखरा फिनिक्सले सर्वाधिक ४८/ ४८ हजार रुयैयाँ खर्च गर्दा फिस्टेल अपमोस्टले सबैभन्दा कम १३ हजार रुपैयाँ मात्र खर्चियो ।
लेखनाथ स्थित इडन हेभेन क्रिकेट मैदानमा यो लिग दुई महिनासम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख तथा उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा उत्कृष्ट ब्याटर र बलरले जनाही ५ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।