आश्विन ३, २०८१ बिहीबार | ०६:४७:४१
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

तेस्रो टेस्टमा श्रीलंका विजयी

इङ्ल्यान्डविरुद्ध शतक प्रहार गरेपछि पाथुम निसन्का ।

काठमाडौं । घरेलु टोली इङ्ल्यान्डविरुद्ध टेस्ट शृंखलाको तेस्रो तथा अन्तिम खेलमा श्रीलंका विजयी भएको छ ।

शृंखला भने इङ्ल्यान्डले २-१ ले आफ्नो पक्षमा पार्यो । यसअघि इङ्ल्यान्ड पाँच विकेट र १९० रनले विजयी भएको थियो ।

इङ्ल्यान्डले प्रस्तुत गरेको २१९ रनको लक्ष्य श्रींकाले दुई विकेट गुमाउँदै पूरा गर्यो ।

श्रीलंकाले ९४-१ को स्थितीबाट चौथो दिनको सुरुआत गरेको थियो ।

श्रीलंकाका लागि  पाथुम निसन्काले १२४ बलमा १३ चौका र दुई छक्काको मद्दतले अविजित १२७ रनको योगदान गरे । यसैगरी कुशल मेन्डिसले ३९ र एन्जोलो म्याथ्युजले अविजित ३२ रन बनाए । 

इङ्ल्यान्डका लागि क्रिस वोक्स र गस एट्किन्सनले समान एक विकेट लिए । 

इङ्ल्यान्डविरुद्ध ब्याटिङ गर्दै पाथुम निसन्का ।

इङ्ल्यान्ड दोस्रो इनिङमा १५६ रनमै समेटिएपछि श्रीलंकाले २१९ रनको सामान्य लक्ष्य प्राप्त गरेको थियो । 

इङ्ल्यान्डका लागि जेमी स्मिथले ५० बलमा १० चौका र एक छक्काको मद्दतले सर्वाधिक ६२ रनको योगदान गरे । यसैगरी ड्यानियल लोरेन्सले ३५, जो रुटले १२ र ओली स्टोनले १२ रन बनाए ।

श्रीलंकाका लागि लाहिरु कुमारले चार, विश्व फर्नान्डोले तीन, असिथा फर्नान्डोले दुई र  मिलन रत्ननायकले एक विकेट लिए ।

त्यसअघि लन्डनस्थित केनिङ्गटन ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले  ३३५ रन बनाएको थियो ।

श्रीलंका २६३ रनमा समेटिएपछि इङ्ल्यान्डले पहिलो इनिङमा ६२ रनको सामान्य अग्रता लिएको थियो । 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024