लन्डन । इङ्ल्यान्डका अल राउन्डर बेन स्टोक्सले आफू पूर्ण रुपमा फिट रहेकाले अस्ट्रेलियाविरुद्धको एसेस शृंखला खेल्न आतुर रहेको बताएका छन् ।
‘यो पुनरागमन होइन । पछिल्लो महिना औंलाको परीक्षण गर्नमै बित्यो । दुई महिनाअघिसम्म म ब्याट समाउन नसक्ने अवस्थामा थिए,’ स्टोक्सले भने, ‘पहिलो टेष्ट आउन एक हप्ता मात्रै बाँकी छ । तर त्यसका लागि म पूर्ण रुपमा फिट छु र शृंखलाका लागि मैदान उत्रन आतुर छु ।’
एसेस शृंखलाअन्तर्गत अस्ट्रेलिया र इङ्ल्यान्डबिचको पहिलो टेस्ट डिसेम्बर आठदेखि सुरु हुँदैछ ।
३० वर्षिय स्टोक्सले औंलाको दोस्रो शल्यक्रियापछि मैदान बाहिर रहँदै आएका थिए । लगातरकाे चाेटका कारण मैदान बाहिर रहँदा आफू निराश भएको र केही समय मानसिक रुपमाा स्वास्थ हुन भन्दै स्टोक्सले जुलाईमा अनिश्चितकालका लागि खेलजीवनबाट विश्राम लिएको घोषणा गरेका थिए ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
