काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले महिला ट्वान्टी-२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ ।
प्रतियोगिता अक्टोबर ३ देखि २० सम्म युएईमा हुनेछ । यसअघि यो प्रतियोगिता बंलादेशमा हुने तय थियो ।
प्रतियोगिताका खेल सारजाह र दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइने छ । दुबइमा १२ र सारजाहमा ११ खेल हुनेछन् ।
समूह ‘ए’ मा साविक विजेता अस्ट्रेलिया, पाकिस्तान, भारत, न्युजिल्यान्ड र श्रीलंका तथा ‘बी’ मा दक्षिण अफ्रिका, इङ्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र स्कटल्यान्ड छन् । प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् ।
आइसिसीले सार्वजनिक गरेको तालिका अनुसार उद्घाटन खेलमा बंगलादेश र स्कटल्यान्ड भिड्ने छन् । सोही दिन हुन दोस्रो खेलमा पाकिस्तान र श्रीलंका आमने सामने हुनेछन् । दुवै खेल सारजाह क्रिकेट मैदानमा खेलाइने छ ।