काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइ) का सचिव जय शाहले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को अध्यक्ष पद सम्हाल्ने सम्भावना बढेको छ ।
आइसिसीको अध्यक्ष पदका लागि अगस्ट २७ सम्म उमेदवारी दिइसक्नु पर्नेछ । हालसम्म शाहले मात्र उमेम्वारी दिएका छन् ।
यदी एक भन्दा बढि उमेदवार भएको अगामी डिसेम्बर १ देखि सुरु हुने नयाँ कार्यकालका लागि चुनाव हुनेछ ।
विभिन्न सञ्चार माध्यममा आएका खबर अनुसार हालको कार्यसमितिमा राम्रो पकड भएकाले शाह नै नयाँ अध्यक्ष बन्ने निश्तिच जस्तै छ ।
वर्तमान अध्यक्ष ग्रेग बार्कलेले आफ्नो दोस्रो कार्यकाल सकिएपछि राजिनामा दिने घोषणा गरिसकेका छन् ।
बार्कलेको कार्यकाल नोभेम्बर ३० मा सकिँदैछ । प्रत्येक दुई वर्षमा आइसिसी नयाँ कार्यसमिति चयन हुने प्रबधान छ । बार्कलेले सन् २०२० देखि आइसिसीको नेतृत्व सम्हालिरहेका छन् ।
आइसिसीको नियम अनुसार अध्यक्षको निर्वाचनमा १६ मत हुन्छ । अब अध्यक्षमा निर्वाचित हुनका लागि नौ मतको साधारण बहुमत (५१%) आवश्यक हुन्छ । यसअघि अध्यक्ष बन्नका लागि दुई तिहाइ बहुमत चाहिने व्यवस्था थियो ।