काठमाडौं । नेपाली क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने बृज इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सीको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् ।
सन्दीप र बृज इन्टरनेसनलबीच दुई वर्षको सम्झौता भएको छ । सोमबार सम्झौता पत्रमा सन्दीप र बृज इन्टरनेसनलका निर्देशक भुवन गिरीले हस्ताक्षर गरे ।
सम्झौता रकम भने खुलाइएको छैन ।
सन्दीपले यो सम्झौतले आफुलाई धेरै हौसला प्रदान गर्ने बताए। ‘बृजसँग जोडिन पाउँदा खुसी छु । यस्ता सम्झौताले हामी खेलाडीलाई देशका लागि अझै धेरै सफलता दिलाउने हौसला दिन्छ ’, सन्दीपले भने ।
बृज इन्टरनेसनलका निर्देशक भुवन गिरीले सन्दीप जस्ता खेलाडी संस्थासँग जोडिनु सकारात्मक भएको बताए । ‘सन्दीप ब्रान्ड एम्बासडर हुँदा कन्सलटेन्सीलाई ठूलो सहयोग पुग्ने छ । साथै यो सम्झौताले क्रिकेट र शिक्षालाई एक बनाउन पनि सहयोग पुर्याउने छ,’ गिरीले भने ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO