माघ २, २०८१ बुधबार | १३:०७:४४
खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार

आयरल्यान्डलाई एकदिवसीय शृंखला

काठमाडौं । घरेलु टोली आयरल्यान्डले श्रीलंकाविरुद्धको महिला एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला एक खेल आगावै आफ्नो पक्षमा पारेको छ ।

सिभिल सर्भिस क्रिकेट क्लबको मैदानमा आइतबार सम्पन्न दोस्रो खेलमा आयरल्यान्ड १५ रनले विजयी भयो । 
यससँगै आयरल्यान्ड तीन खेलको शृंखलामा २-० ले अगाडि बढेको छ । पहिलो खेलमा आयरल्यान्डले तीन विकेटको जित निकालेको थियो ।

आयरल्यान्डले प्रस्तुत गरेको २५६ रनको लक्ष्य पछ्याएको श्रीलंका ४८ ओभरमा २४० रनमा समेटियो ।

श्रीलंकका लागि हर्षिता समराविक्रमाले १२४ बलमा ११ चौकाको मद्दतले १०५ रनको योगदान गरे पनि त्यो जितका लागि पर्याप्त बन्न सकेन । यसैगरी काभिसा दिलहरीले ७१ ब्लमा समान एक चौका र छक्काको मद्दतले ५३, निलाक्षिका सिल्भाले अविजित २४, कप्तान चमारी अथापथुले २२ र हसिनी परेराले १४ रन बनाए ।

तेस्रो विकेटका लागि समराविक्रमा र दिलहरीले १२६ रनको साझेदारी गरे । आयरल्यान्डका लागि अर्लेनी केलीले तीन, जेन मग्वायरले दुई तथा ओर्ला प्रिन्डरगस्ट र एमी मग्वायरले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै २५५ रनको योगफल तयार पारेको थियो ।

आयरल्यान्डका लागि लिया पउलले १०१ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ८३ रनको योगदान गरिन् । यसैगरी एमी हन्टरले ७१ बलमा आठ चौकाको मद्दतले ६६, रेबिका स्टोकेलले ६१ बलमा दुई चौका र एक छक्काको मद्दतले अविजित ५३ र क्रिस्टिना रिलेले २४ रन बनाए ।

पउलले पाँचौ विकेटका लागि स्टोकेलसँग ११४ र चौथो विकेटका लागि हन्टरसँग ५७ रनको साझेदारी गरिन् । श्रीलंकाका लागि अचिली कुलसूरिया र काभिसा दिलहरीले समान दुई र चमारी अथापथुले एक विकेट लिए ।

शृंखलाको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ । 
 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO