काठमाडौं । अस्ट्रेलियन बलर स्पेन्सर जोनसनले अर्को महिना हुने स्कटल्यान्ड र इङ्ल्यान्डविरुद्धको ट्वान्टी-२० शृंखला गुमाउने भएका छन् ।
द हन्ड्रेडमा ओभल इन्भिन्सिबल्सका लागि खेल्दा जोनसनको साइड स्ट्रेन (कम्मर र काखीबीचको भाग) मा चोट लागेको थियो ।
जोनसनको स्थानमा सेन एबोटलाई मौका दिइएको छ । एबोट यसअघि इङ्ल्यान्डविरुद्धको एकदिवसीय शृंखलाका लागि मात्र टोलीमा थिए ।
अस्ट्रेलियाले स्कटल्यान्ड र इङ्ल्यान्डसँग समान तीन खेलको ट्वान्टी-२० शृंखला खेल्नेछ । यसैगरी अस्ट्रेलिया र इङ्ल्यान्डबीच पाँच खेलको एकदिवसीय शृंखला पनि हुनेछ ।
स्कटल्यान्डविरुद्धको ट्वान्टी-२० खेल सेप्टेम्बर ४, ६ र ७ मा हुनेछ । यस्तै इङ्ल्यान्डविरुद्ध ट्वान्टी-२० खेल सेप्टेम्बर ११, १३ र १५ तथा एकदिवसीय खेल सेप्टेम्बर १९, २१, २७, २७ र २९ मा हुनेछ ।
अस्ट्रेलियाको ट्वान्टी-२० टोली
मिचेल मार्श (कप्तान), सेन एबोट, जेभियर बार्टलेट, कुपर कोनोली, टिम डेभिड, नाथन एलिस, जेक फ्रेजर-म्याकगुर्क, क्यामरन ग्रिन, आरोन हार्डी, जोस हेजलउड, ट्राभिस हेड, जोस इङ्लिस (विकेटकीपर), मार्कस स्टोइनिस, एडम जाम्पा