माघ १५, २०८२ बिहीबार | २२:०४:५०
दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित

भ्यानकुभर पाँचौं खेलमा पराजित

काठमाडौं । भ्यानकुभर नाइट्सले ग्लोबल ट्वान्टी-२० क्यानाडा लिगमा पाँचौं हार ब्यहोरेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा भ्यानकुभर टोरन्टो नेशनल्ससँग १९ रनले पराजित भयो ।

यसअघि भ्यानकुभर टोरेन्टोसँग आठ र ब्राम्पन वुल्भ्ससँग ६ विकेट तथा बंगला टाइगर्ससँग २२ र मन्ट्रियलसँग १० रनले पराजित भएको थियो। सर्रे जगुआरसँगको खेल भने रद्द भएको थियो।

टोरेन्टोको भने यो तेस्रो जित हो। ६ खेलबाट सात अंक जोडेको टोरेन्टो  दोस्रो स्थानमा छ। समान खेलबाट एक अंकका साथ भ्यानकुभर पुछारमा छ ।

टोरेन्टोले प्रस्तुत गरेको १२८ रनको लक्ष्य पछ्याएको भ्यानकुभर नाइट्स १८.५ ओभरमा १०८ रनमै समेटियो।

भ्यानकुभर नाइट्सका रिची बेरिंगटनले ४४ बलमा समान तीन चौका र छक्काको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी  रिजा हेन्ड्रिक्सले १७, दिपेन्द्रसिंह ऐरीले १३ र उस्मान ख्वाजले १० रन बनाए ।

टोरेन्टोका रोमारियो शेफर्डले सर्वाधिक तीन विकेट लिए। मोहम्मद नवाजले दुई विकेट लिँदा साद बिन जफर, जुनैद सिद्दिकी र जेसन बेहरेनडोर्फ समान एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको टोरेन्टोले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १२७ रनको योगफल तयार पारेको थियो।

टोरेन्टोका रोस्टन चेजले २३, जतिन्द्रपाल मथारु र एन्ड्रिज गौसले समान १९ मोहम्मद नवाजले १४, निकोलस किर्टनले १३, जेसन बेहरेनडोर्फले अविजित १२ र कप्तान कोलिन मनरोले १० रन बनाए।

भ्यानकुभरका लागि मोहम्मद अमिरले सर्वाधिक तीन तथा ऋषिभ जोशी र हर्ष ठाकरको समान दुई विकेट लिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।