चैत्र ८, २०८२ आइतबार | १६:३७:४३
दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन

भ्यानकुभर पाँचौं खेलमा पराजित

काठमाडौं । भ्यानकुभर नाइट्सले ग्लोबल ट्वान्टी-२० क्यानाडा लिगमा पाँचौं हार ब्यहोरेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा भ्यानकुभर टोरन्टो नेशनल्ससँग १९ रनले पराजित भयो ।

यसअघि भ्यानकुभर टोरेन्टोसँग आठ र ब्राम्पन वुल्भ्ससँग ६ विकेट तथा बंगला टाइगर्ससँग २२ र मन्ट्रियलसँग १० रनले पराजित भएको थियो। सर्रे जगुआरसँगको खेल भने रद्द भएको थियो।

टोरेन्टोको भने यो तेस्रो जित हो। ६ खेलबाट सात अंक जोडेको टोरेन्टो  दोस्रो स्थानमा छ। समान खेलबाट एक अंकका साथ भ्यानकुभर पुछारमा छ ।

टोरेन्टोले प्रस्तुत गरेको १२८ रनको लक्ष्य पछ्याएको भ्यानकुभर नाइट्स १८.५ ओभरमा १०८ रनमै समेटियो।

भ्यानकुभर नाइट्सका रिची बेरिंगटनले ४४ बलमा समान तीन चौका र छक्काको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी  रिजा हेन्ड्रिक्सले १७, दिपेन्द्रसिंह ऐरीले १३ र उस्मान ख्वाजले १० रन बनाए ।

टोरेन्टोका रोमारियो शेफर्डले सर्वाधिक तीन विकेट लिए। मोहम्मद नवाजले दुई विकेट लिँदा साद बिन जफर, जुनैद सिद्दिकी र जेसन बेहरेनडोर्फ समान एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको टोरेन्टोले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १२७ रनको योगफल तयार पारेको थियो।

टोरेन्टोका रोस्टन चेजले २३, जतिन्द्रपाल मथारु र एन्ड्रिज गौसले समान १९ मोहम्मद नवाजले १४, निकोलस किर्टनले १३, जेसन बेहरेनडोर्फले अविजित १२ र कप्तान कोलिन मनरोले १० रन बनाए।

भ्यानकुभरका लागि मोहम्मद अमिरले सर्वाधिक तीन तथा ऋषिभ जोशी र हर्ष ठाकरको समान दुई विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो