चैत्र ११, २०८२ बुधबार | ००:०५:३०
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

सुदुरपश्चिम सामु कर्णाली निरिह

काठमाडौं । सुदुरपश्चिम प्रदेशले वाईवाई यु -१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आइतबार कर्णाली प्रदेशमाथी १० विकेटको सानदार जित हात पारेको छ ।

मुलपानी क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको ६७ रनको सामान्य लक्ष्य सुदुरपश्चिमले १२.१ ओभरका विना विकेट क्षती पूरा गर्यो ।

सुदुरपश्चिमको जितमा ओपनर खडक बोहराले अविजित ४१ रन जोडे । खडकले ४२ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । त्यस्तै अर्का ओपनर नरेश भट्टले ३१ बलमा तीन चौकाको मद्दतमा अविजित १६ रन जोडे ।

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको कर्णालीले १६.५ ओभरमा मात्र ६६ रनमा सीमित भएको थियो ।

कर्णालीका प्रकाश जैसीले १५, रमेश बुढाले १२ र रुपक दाहालले ११ रन जोडे । अन्य कुनै ब्याटरले दोहोरो स्कोर गर्न सकेनन् ।

सुदुरपश्चिमका आकाश चन्द, नारायण जोशी र शेर मल्लले समान तीन विकेट लिदाँ नरेन्द्र साउदले एक विकेट हात पारे ।

प्रतियोगिताका तीन खेलमा एक जित र दुई हार बेहोरेको सुदुरपश्चिम दुई अंकसहित तालिकाको पाँचौं स्थानमा छ । 

त्यस्तै चार खेलमध्ये एकमा जित र तीनमा हार बेहोरेको कर्णाली दुई अंकसहित तालिकाको छैटौं स्थानमा छ । 

सात प्रदेशको सहभागिता रहेको प्रतियोगितामा तीन खेलमा शतप्रतिशत जितसहित प्रदेश एक शीर्ष स्थान छ भने चार खेलमा तीन जित र एक हार व्यहोरेको लुम्बिनी प्रदेश ६ अंकसहित दोस्रो स्थानमा छ ।

प्रतियोगिताको शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् । फाइनल खेल मंसिर १९ गते हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो