चैत्र ११, २०८२ बुधबार | ०३:४८:३९
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

भारतीय क्रिकेट टोलीको प्रशिक्षकमा गम्भिर

काठमाडौं । पूर्व खेलाडी गौतम गम्भिर भारतीय टोलीका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइ) का सचिव जय शाहले गम्भिरलाई नियुक्त गरिएको जानकारी दिए।

‘भारतको मुख्य प्रशिक्षकका रूपमा गम्भिरको नाम घोषणा गर्न पाउँदा म निकै खुसी छु। म उनलाई टोलीमा स्वागत गर्छु,’ शाहले भने ।

गम्भिरले राहुल द्रविडको स्थान लिनेछन्। आइसिसी टी-२० विश्वकप जितेसँगै द्रविडको कार्यकाल समाप्त भएको थियो। गम्भिर तीनवटै ढाँचामा प्रशिक्षक नियुक्त भएका हुन्।

शाहले यसअघि नै छुट्टाछुट्टै प्रशिक्षक नियुक्त नगर्ने बताएका थिए। गम्भिरको कार्यकाल साढे ३ वर्षको हुनेछ।

बिसिसीआइले मे महिनामा आवेदन आह्वान गरेको थियो। जसमध्ये गम्भिर र भारतीय महिला क्रिकेट टोलीका पूर्व प्रशिक्षक वुर्केरी वेंकट रमन अन्तिम दौडमा थिए ।

गम्भिरको प्रशिक्षणमा कोलकाता नाइट्सराइडर्स भर्खरै सम्पन्न इन्डियन प्रिमियर लिग ९आइपिएल० च्याम्पियन बनेको थियो ।

गम्भिरले श्रीलंकाविरुद्धको शृंखलामार्फत आफ्ना जिम्मेवारी सम्हाल्ने छन् । भारतले श्रीलंका गएर समान तीन खेलको ट्वान्टी-२० र एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्ने तालिका छ ।

ट्वान्टी-२० शृंखला जुलाई २७ देखि ३० र एकदिवसीय शृंखला अगस्ट २ देखि ७ सम्म हुनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो