चैत्र ८, २०८२ आइतबार | ००:१२:१६
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

श्रीलंकालाई एकदिवसीय शृंखला

काठमाडौं । वेस्ट इन्डिजविरुद्धको महिला एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला घरेलु टोली श्रीलंकाले एक खेल अगावै आफ्नो पक्षमा पारेको छ ।

महिन्दा राजापाक्षे अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न दोस्रो खेलमा श्रीलंका पाँच विकेटले विजयी भयो ।

जितसँगै श्रीलंकाले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ । पहिलो खेलमा श्रीलंका ६ विकेटले विजयी भएको थियो ।

वेस्ट इन्डिजले प्रस्तुत गरेको ९३ रनको लक्ष्य श्रीलंकाले २१.२ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाका लागि भिष्मी गुनारत्नेले ५० बलमा नौ चौका र एक छक्काको मद्दतले सर्वाधिक ५० रनको योगदान गरिन् । यसैगरी काविशा दिलहरीले २८ रन बनाइन् ।

तेस्रो विकेटका लागि गुनारत्ने र दिलहरीले ५८ रनको साझेदारी गरे ।  वेस्ट इन्डिजका लागि करिश्मा रामहरकले दुई तथा शमिलिया शोन्टेल कोनेल र आलिया एलिनेले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले ३१ ओभरमा सबै विकेट गुमाउँदै ९२ रनको योगफल तयार पारेको थियो । वेस्ट इन्डिजका लागि राशदा विलियम्सले २४, एफी फ्लेचर र आलिया इलिनेले समान १६ तथा चेडियन नेसनले १२ रन बनाए ।

श्रीलंकाका लागि काविशा दिलहरीले चार, अचिनी कुलसुरिया र कप्तान चमारी अथापथुले समान दुई तथा सुगन्धिका कुमारीले एक विकेट लिए ।

शृंखलाको तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो