चैत्र ११, २०८२ बुधबार | २२:१२:४७
निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध

वेस्ट इन्डिज लगातार दोस्रो खेलमा विजयी

काठमाडौं । आयोजक वेसट इन्डिजले आइसिसी ट्वान्टी-२० विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा युगान्डाविरुद्ध १३४ रनको फराकिलो जित निकालेको छ ।

लगातार दोस्रो जितसँगै २ खेलमा ४ अंक जोेडेको वेस्ट इन्डिज दोस्रो स्थानमा छ । पराजित युगान्डा ३ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ ।

गुयनाको प्रेभिडेन्स रंगशालामा आइतबार वेस्ट इन्डिजले प्रस्तुत गरेको १७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ ओभरमा ३९ रनमै समेटियो ।

युगान्डका लागि जुमा मियागीले अविजित १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

वेस्ट इन्डिजका लागि अकिल हुसेनले ४ ओभरमा मात्र ११ रन खर्चिदै ५ विकेट लिए । यसैगरी अल्जारी जोसेफले २ तथा रोमारियो शेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोतीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले  निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रनको योगफल तयार पारेको थियो ।

वेस्ट इन्डिजका लागि जोनसन चारल्सले ४४, आन्द्रे रसेलले अविजित ३०, कप्तान रोभमन पावेलले २३, शर्फ्यान रुदरफोर्ड र निकोलस पुरनले समान २२ र ब्रेन्डन किंगले १३ रन बनाए ।

युगान्डाका लागि कप्तान ब्रायन मसाबाले २ तथा अल्पेश रामजानी, कोस्मास क्युउटा र दिनेश नकर्नीले समान १ विकेट लिए ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो