काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्व कपअघिको पहिलो वार्मअफ म्याचमा नेपालले सोमबार क्यानाडाको सामना गर्दैछ । खेल अमेरिकाको ग्रान्ड प्रेरी क्रिकेट मैदानमा नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ ।
विश्वकपको तयारीका लागि नेपाली टोली गत महिना अमेरिका पुगेको थियो । यसबीचमा वेस्ट इन्डिजमा विनवार्डस भोल्कानोजविरुद्ध तीन खेलको शृंखला नेपालले २-१ ले जितेको थियो । त्यसपछि अमेरिका फर्केका नेपालले ह्युस्टन हरिकेन्ससँगको दुवै खेल जितेको थियो ।
चोटका कारण दीपेन्द्रसिंह ऐरीले पछिल्ला तीन खेल गुमाएका थिए । क्यानाडासँगको खेलमा पनि उनी उपस्थित हुने सम्भावना कम छ ।
नेपालले दोस्रो वार्मअप म्याच अमेरिकासँग मे ३० मा खेल्नेछ ।
नेपालले जुन ४मा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
