चैत्र ८, २०८२ आइतबार | ११:३१:२९
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

पहिलो ट्वान्टी-२० मा वेस्ट इन्डिज विजयी

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्ध अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा घरेलु टोली वेस्ट इन्डिज २८ रनले विजयी भएको छ ।

जितसँगै वेस्ट इन्डिजले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो खेल शनिबार  हुनेछ

किंग्सटनस्थित सबिना पार्क क्रिकेट मैदानमा बिहीबार वेस्ट इन्डिजले प्रस्तुत गरेको १७६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका एक बल बाँकी छँदा १४७ रनमै समेटियो ।

दिक्षण अफ्रिकाका लागि रेजा हन्ड्रिक्सले ५१ बलमा समान ६ चौका र छक्काको मद्दतले सर्वाधिक ८७ रनको योगदान गरे । यसैगरी म्याथ्यु ब्रिट्केले १९ र कप्तान रस्सी भान डेर डुसनले १७ रन बनाए ।

वेस्ट इन्डिजका लागि म्याथ्यु फोर्ड र गुडोकेश मोतीले समान तीन विकेट लिए । यसैगरी ओबेड म्याकोयले दुई तथा रोस्टन चेज र समर जोसेफले समान एक विकेट हात पारे ।

यसैगरी टस हारेरे ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओरभमा आठ विकेट गुमाउँदै १७५ रनको योगफल तयार पारेको थियो ।

वेस्ट इन्डिजका लागि कप्तान ब्रेन्डन किंगले ४५ बलमा समान ६ चौका र छक्काको मदद्तले सर्वाधिक ७९ रनको योगदान गरे । यसैगरी कायल मायर्सले ३४ र रोस्टन चेजले अविजित ३२ रन बनाए ।

दोस्रो विकेटका लागि किंग र मायर्सले ७९ रनको साझेदारी गरे । दक्षिण अफ्रिकाका लागि आटनिल ब्रेटम्यान र एन्डिले फेहलुक्वायो समान तीन तथा जोराल्ड कोएट्जीले एक विकेट लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो