माघ १९, २०८२ सोमबार | ०४:१२:०९
पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम

अमेरिकालाई बंगलादेशविरुद्ध ऐतिहासिक शृंखला

काठमाडौं । एसोसिएट टोली अमेरिकाले टेस्ट राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक ट्वान्टी-२० शृंखला जितेको छ ।

विश्वकपअघि घरेलु मैदानमै भएको शृंखलाको दोस्रो खेलमा अमेरिका ६ रनले  विजयी भयो ।  

जितसँगै अमेरिकाले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ । पहिलो खेलमा अमेरिका पाँच विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल  शनिबार हुनेछ ।

अमेरिकाले प्रस्तुत गरेको १४५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९.३ ओभर १३८ रनमै समेटियो ।  

बंगदादेशका लागि कप्तान नाज्मुल हुसेन सान्तोले सर्वाधिक ३६ रन बनाए । यसैगरी  सकिब अल हसनले ३०, टोहिद ह्रिदोयले २५ र ताजिद हसनले १९ रन जोडे ।

अली खानले तीन, साड्ली भान स्काल्कविक र सौरभ नेत्रभाल्करले समान दुई तथा जसदीप सिंह र कोरी एन्डरसनले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४४ रनको योगफल तयार पारेको थियो ।

अमेरिकाका लागि कप्तान मोनांक पटेलले ४२, स्टेभन टेलरले ३१, आरोन जोनसले ३५ तथा कोरी एन्डरसनले ११ रन बनाए । 

बंगलादेशका सोरिफुल इस्लाम, मुस्तफिजुर रहमान र रिसाद हुसेनले समान दुई विकेट लिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।