चैत्र ८, २०८२ आइतबार | ०१:२३:०६
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

अमेरिकालाई बंगलादेशविरुद्ध ऐतिहासिक शृंखला

काठमाडौं । एसोसिएट टोली अमेरिकाले टेस्ट राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक ट्वान्टी-२० शृंखला जितेको छ ।

विश्वकपअघि घरेलु मैदानमै भएको शृंखलाको दोस्रो खेलमा अमेरिका ६ रनले  विजयी भयो ।  

जितसँगै अमेरिकाले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ । पहिलो खेलमा अमेरिका पाँच विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल  शनिबार हुनेछ ।

अमेरिकाले प्रस्तुत गरेको १४५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९.३ ओभर १३८ रनमै समेटियो ।  

बंगदादेशका लागि कप्तान नाज्मुल हुसेन सान्तोले सर्वाधिक ३६ रन बनाए । यसैगरी  सकिब अल हसनले ३०, टोहिद ह्रिदोयले २५ र ताजिद हसनले १९ रन जोडे ।

अली खानले तीन, साड्ली भान स्काल्कविक र सौरभ नेत्रभाल्करले समान दुई तथा जसदीप सिंह र कोरी एन्डरसनले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४४ रनको योगफल तयार पारेको थियो ।

अमेरिकाका लागि कप्तान मोनांक पटेलले ४२, स्टेभन टेलरले ३१, आरोन जोनसले ३५ तथा कोरी एन्डरसनले ११ रन बनाए । 

बंगलादेशका सोरिफुल इस्लाम, मुस्तफिजुर रहमान र रिसाद हुसेनले समान दुई विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो